रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नम्बर ९ स्थित एन्जल हार्ट नेशनल स्कुल तथा एन्जल किड्स मन्टेस्वरीमा “कफी हाउस विथ योङ्ग स्टोरीटेलर्स” कार्यक्रम आयोजना गरिएको छ ।
चैत २० गतेदेखि २३ गतेसम्म चल्ने यो कार्यक्रमले विद्यालयका बिभिन्न कक्षाका विद्यार्थीहरूलाई कथा सुनाउने, लेख्ने र उनीहरूका व्यक्तिगत अनुभव साझा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म प्रदान गर्नेछ ।
विद्यालयमा आयोजना गरीएको यस कार्यक्रममा अविभावकहरुले कफि पिँउदै आफ्ना छोराछोरीहरुको प्रस्तुती सुनेका थिए । नेपालमा भर्खर मात्र सुरु भएको तर बिदेशका ठुला–ठुला कफि हाउसहरुमा आयोजना हुने यस्तो कार्यक्रम तारकेश्वरको विद्यालयमा आयोजना गरिएको नौलो र पृथक कार्यक्रम हो ।
आज देखि सुरुभएको यस कार्यक्रम कक्षा ७ का विद्यार्थीहरूका कथा तथा अभिव्यक्तिहरूले सबैलाई मोहित बनाएका थिए । उनीहरूले आफ्नै सिर्जना, कल्पना र जीवनका अनुभवहरूलाई प्रभावकारी ढंगले प्रस्तुत गरे ।

कार्यक्रमका प्रमुख अतिथि तारकेश्वर नगरपालिकाको पुर्व शिक्षा शाखाका प्रमुख होमनाथ न्यौपानेले कार्यक्रमले युवा पुस्ताको आवाजलाई सम्मान जनाउँदै, तिनको सिर्जनशीलता र आत्मविश्वासलाई उजागर गर्ने महत्वपूर्ण काम गरेको बताउनुभयो ।

एन्जल हार्ट नेशनल स्कूलका प्रधानाध्यापक टकबहादुर थापाले विद्यार्थीहरूका कथाहरू सुनेर हामीलाई गर्व महसुस भएको बताउनुभयो । उहाँले भन्नुभयो “हाम्रा बिद्यार्थीहरूलाई कथाले केवल मनोरञ्जन मात्र होइन, उनीहरूका भावनाहरूलाई उजागर गर्ने, उनीहरूको आत्मविश्वास र सिर्जनात्मक क्षमता विकास गर्ने अवसर दिन्छ।” उहाँले भन्नुभयो, “आजको कार्यशाला बास्तवमा कथा लेखनको आधारभूत संरचना, पात्र विकास, र कल्पनाको प्रयोगमा केन्द्रित थियो। हामीले तीन वटा अभ्यास सत्रहरू आयोजना गर्यौं, जसले बिद्यार्थीहरूलाई कथा प्रस्तुत गर्ने तरिका, कथा सेटिङ्ग, र संरचना विकासमा गहिरो ज्ञान दिन्थ्यो।”
कार्यक्रममा विद्यालयका अध्यक्ष लिलबहादुर पुनले विद्यालयले आधुनिक शिक्षाका नविनतम प्रयोग गदै विश्व बजारमा सहज पहुँच राख्ने खालका शिक्षा प्रदान गरिरहेको बताउनुभयो ।
शिक्षाले मात्र जीवनमा परिवर्तन ल्याउँदैन, कथा, सपना, र आत्मविश्वासको शक्तिले नै हामीलाई अगाडि बढाउँछ अध्यक्ष पुनले भन्नुभयो यो कार्यक्रमले विद्यार्थीहरूका लागि आवाज पाउने एक अद्भुत प्लेटफर्म बनेको छ ।

कार्यक्रममा विद्यालयकी एकेडेमिक डाईरेक्टर रेखा शाही हमालले आफ्नो कथा सुनाउने साहस देखाएकोमा विद्यार्थीलाई धन्यवात दिंदै कफिहाउसमा हरेक बालबालीकाको नविनतम सृजना बोकेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयकी माध्यामिक तहका संयोजक इमुकुमारी गुरुङ, विद्यालयका सृजना बस्नेत, लेखा प्रमुख शर्मिला गिरी लगायत विद्यालयका शिक्षक, शिक्षिका, अविभावक लगायतको उपस्थीति रहेको थियो ।


dfd



sdfdf


प्रतिक्रिया दिनुहोस्