रबिन थपलिया । काठमाण्डौं । नागर्जुन वाङ्मय प्रतिष्ठानद्वारा हरेक महिनाको तेस्रो शनिबार आयोजना गरिने नियमित सुप्रभात कव्यगोष्ठी आज सम्पन्न भएको छ ।
बागबजारमा नागार्जुन वाङ्मय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्राध्यापक डा. षडानन्द पौडेलको प्रमुख अतिथिका कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कवि पूर्णविरामका कबिताहरु तीन जना स्रष्टाहरुले वाचन गर्नुभयो । कार्यक्रममा पुर्णबिरामको कविता उत्कृष्ट रुपमा वाचन गर्नुहुने कवि चेवन बस्नेत ठुलाघरेले नगद पुरस्कार पाउनुभयो । कार्यक्रममा कृति परिचर्चा अन्तर्गत सिन्धुलीकी साहित्यकार दिव्यलक्ष्मी पोखरेलको मातृबन्दना कविता संग्रहको परिचर्चा र कविताको गहन समिक्षा गरियो ।
कार्यक्रममा प्रा.डा षडानन्द पौड्यालले नागार्जुन साहित्य प्रतिष्ठानको कार्यक्रममा आफुले पहिलोपटक सहभागीता जनाएको बताँउदै कार्यक्रम अन्य साहित्यीक संस्थाहरुको भन्दा पृथक लागेको बताउनुभयो । दिव्यलक्ष्मीका कविता समाजका लागि निकै प्रेरणादायि रहेको बताँउदै उत्कृष्ट कार्यक्रम गदै आएकोमा अध्यक्ष पौडेल र प्रतिष्ठानलाई धन्यवात दिनुभयो ।
कार्यक्रममा समालोचक, साहित्यकार डा. ढुण्डीजा पहाडीले औपचारीक शिक्षा समेत हाँसील नगरेकी दिव्यलक्ष्मी पोखरेलको मातृबन्दना कविता संग्रह निकै उत्कृष्ट रहेको बताँउदै उहाँको सम्मान स्वरुप त्यसलाई कक्षा ९ र १० को पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा श्रष्टा विशेष अन्तर्गत प्रोल्लास सिन्धुलीयले बिभिन्न कविताहरु बाचन गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष दिल पौडेलले नागर्जुन वाङ्मय प्रतिष्ठानको यो नियमित कव्यगोष्ठीले साहित्यप्रेमीहरूबीच एकता र मिलनको अवसर प्रदान गरेको बताँउदै यस कार्यक्रम निरन्तर जारी रहने बताउनुभयो ।
कार्यक्रममा अतिथि तथा श्रष्टाहरूलाई सम्मान प्रदान गरियो। कार्यक्रममा कविहरु घन थापा, यशोदा अधिकारी, नविन पल्लब, युवराज काफ्ले, रेणु अधिकारी, उसा वस्ताकोटी, पार्वती भट्ट, बलराम बिष्ट, भोजराज, बुद्धिसागर पौड्याल, चेवन बस्नेत, अल्फी फोहेन फाक्लुपा, दिलकुमारी डंगोल, सरोज पहारी, लक्ष्मण अधिकारी लगायतका कविहरुले आफ्ना कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रम प्रतिष्ठानका कोषाध्यक्ष शिवहरी पाण्डेले सञ्चालन गर्नुभएको थियो ।




प्रतिक्रिया दिनुहोस्