रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाको आयोजनामा आर्थिक बर्ष २०८३/०८४ का लागि वार्षिक नीति, योजना तथा बजेट तर्जुमा सम्बन्धमा सर्वदलीय छलफल सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिकाको सभा हलमा आयोजना गरिएको छलफल कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकिय अधिकृत धर्मराज लम्साल सहित वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जनप्रतिनिधि र कर्मचारीहरु लगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष बिनोद चापागाई, नेकपा एमालेका नगर अध्यक्ष बासु प्रसाद गौतम, नेपाली कम्युनिस्ट पार्टीका नगर अध्यक्ष जगन्नाथ राजबाहक, राष्ट्रिय जनमोर्चा पार्टीका नगर अध्यक्ष जगत प्रसाद रेग्मी, नेपाली कम्युनिष्ट पार्टीका क्षेत्रीय प्रतिनिधि सबिन सापकोटा, राष्ट्रिय स्वतन्त्र पाटी तारकेश्वर नगरपालिका वडा नं ८ का वडा सभापति रोशन पाण्डे, पत्रकार सुशान्त न्यौपाने लगायतले आर्थिक बर्ष २०८३/०८४ का लागि वार्षिक नीति, योजना तथा बजेट तर्जुमा गर्दामा खर्चमा मितव्ययीता अपनाँउदै उत्पादनमा जोडदिने खालको बजेट ल्याउने आग्रह गर्नुभयो ।

कार्यक्रममा तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्ण हरि महर्जनले आगामी बजेटले स्थानीय विकासलाई सशक्त, प्रभावकारी र आर्थिक समावेशीकरणलाई प्राथमिकता दिने बताँउदै बजेट जनताको जीवनस्तर सुधारमा केन्द्रित हुने बताउनुभयो ।
राजनैतिक दलका सुझाबहरुलाई विषयगत शाखा मार्फत टिपोट गरेको बताँउदै नगरप्रमुख महर्जनले राम्रा सुझाबहरुलाई आगामी बजेटमा कार्यान्वयन गरिने बताउनुभयो ।
तारकेश्वर नगरपालिका सबै नागरिकको भएकोले नगरपालिकामा आएर रचनात्मक काममा हातेमालो गर्न सबैलाई आग्रह गदै नगरप्रमुख महर्जनले नगरपालिकाका सार्वजनीक कार्यक्रममा पनी नआउने र नगरपालिकालाई पनि सुझाब नदिई घरको सिरक ओडेर जथाभावी सामाजिक सञ्जालमा नगरपालिकाका बिरुद्ध नलेख्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो “नगरपालिका साँच्चै बनाउने हो भने घरको सिरकमुनी बसेर आलोचना नगर्नुस, दैनिक नगरपालिका आउनुस रचनात्मक सुझाब दिनुस, आउनुहोस हामीसंगै हातेमालो गरेर अगाडी बढौं, सार्वजनीक सुनुवाईमा बोलाँउदा आउनुहुन्न तर चोकचोकमा बसेर नगरपालिकाको आलोचना गर्नुहुन्छ यस्ता कामले नगरपालिका बन्दैन”

कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालले महिला सहभागितालाई महत्वपूर्ण बनाउँदै, बजेटमा महिला तथा बालिकाहरूको हितमा विशेष योजना समावेश गरिने बताउनुभयो ।

कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले बजेटको कार्यान्वयनमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरिने बताँउदै बजेटका स्रोतहरू स्पष्ट, प्रभावकारी, र दीर्घकालीन योजनासँग जोडिएर आउने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष विनोद चापागाईले बजेटमा बेरोजगारी न्यूनीकरण र युवाहरूको रोजगारीमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष बसु गौतमले बजेटले स्थानीय पूर्वाधार विकासलाई बलियो बनाउने विश्वास व्यक्त गदै जनमुखी बजेट ल्याउन सुझाब दिनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका नगर अध्यक्ष जगन्नाथ राजबाहकले सामुदायिक शिक्षा र स्वास्थ्यमा बजेट विशेष रूपमा छुट्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा पार्टीका नगर अध्यक्ष जगत प्रसाद रेग्मीले बजेटमा कृषि र साना उद्यमको प्रोत्साहनमा जोड दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका तारकेश्वर नगरपालिका वडा नं ८ का सभापति रोशन पाण्डेले घरको ढल खोलामा पठाएर सरसफाई अभियान चलाउनु उचित नहुने बताँउदै घर घरमा सेफ्टीट्याङकी निर्माणमा नगरपालिकाले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकार रामशरण न्यौपानेले नगरपालिकाले नीति, योजना तथा बजेट तर्जुमा सम्बन्धमा नगरपालिकाले सर्वदलीय छलफल कार्यक्रम आयोजना गर्नु राम्रो कुरा रहेको बताँउदै बजेट निर्माणमा आफुले राखेको सुझाबहरुलाई नगरपालिको स्मरण गरेर बजेट बनाउनेमा विश्वास व्यक्तगर्नुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाको सामाजिक विकास शाखाका प्रमुख एवं वडा नं ३ का अध्यक्ष परशुराम अर्यालले उपस्थीत सवैलाई धन्यवात दिनुभयो ।

कार्यक्रममा तारकेश्वर १० का वडा अध्यक्ष कुमर राईले सबै जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिन नहुने बताँउदै आवश्यकता परेका नागरिकहरुलाई मात्र दिनुपर्ने बताउनुभयो ।

कार्यक्रम शिक्षा शाखाका प्रमुख सुधिनराज बुढाथोकीले सञ्चालन गर्नुभएको थियो ।





fgfg


प्रतिक्रिया दिनुहोस्