रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं १ साङला मिजार बस्तीदेखि पछाडीको जग्गामा गैरकानुनी रुपमा प्लटीङ गरेको भन्दै कारबाहीका लागि नगरपालिका धाउने स्थानीय रामशरण कार्की असुरक्षीत भएको भन्दै प्रशासनमा उजुरी दिएका छन् ।
तारकेश्वर नगरपालिकाको कार्यालयमा गैरकानुनी काम रोक्न निबेदन बोकेर गएका कार्कीको निवेदनको आधारमा नगरउपप्रमुख सृजना बुर्लाकोटी अर्याल नेतृत्वको टोली र पत्रकार सहितले चैत्र २२ गते उक्त प्लटीङको अनुगमन गरेर तत्काल काम रोकेका थिए । अनलाइन मिडियाहरुमा उक्त गैरकानुनी कामको खुलासा भएपछि कार्कीले शान्ति सुरक्षाका लागि निबेदन दिएको बताउनुभयो । कार्कीले केहि दिनका लागि अहिले उपत्यका बाहिर रहेकाले काठमाण्डौं आएलगतै गैर कानुनी कामको अन्य निकायमा समेत निबेदन दिने बताउनुभयो ।
स्थलगत अनुगमनका क्रममा तारकेश्वर नगरपालिका वडा नं १ साङला साविक साङला गा.वि सको वडा नं ९ नक्सा सिट नं ९ को कित्ता नं ३८९ र ३०७ को कुल क्षेत्रफल ४८.७५ आनाको मात्र राजश्व बुझाएर व्यवसायीले २० रोपनी भन्दा बढी जग्गामा प्लटीङका लागि डोजर चलाएको भेटिएको थियो । उक्त जग्गा प्लटीङका लागि नगरपालिकामा दिल बहादुर मिजारबाट सिफारीस माग भएको भेटिएपनि अनुगमनका क्रममा उक्त जग्गामा उद्धब पाण्डे, बैकुण्ठ पाठक र हरी बहादुर मगर समेतले प्लटीङ गरिरहेको भेटिएको थियो । अनुगमन टोलीले स्थलगत रुपमा उनिहरुसंग प्लटीङ गर्ने कम्पनीको कागजपत्र माग गर्दा समेत उनिहरुले कागजपत्र समेत देखाएनन् ।
व्यवसायीले व्यक्तिहरुको मात्र होइन् साबिकको किता नं २३ जुन जग्गा सार्वजनीक पनि हो सो जग्गा र खड्ग कुमारी ढकालको नाममा दोहोरो श्रेस्ता कायम भएको कित्ता नं ६९ को जग्गामा समेत प्लटीङ गरीरहेको भेटिएको थियो । सार्बजनीक जग्गाको किता नं २३ मा ठुलाठुला रुखहरु समेत फडानी गरेर व्यवसायीहरुले जग्गामा डोजर चलाएका थिए ।
त्यती मात्र होइन प्लटीङको तल रहेको राजकुलो समेतलाई पुरेर उनिहरुले बाटो समेत हालेको भेटियो । उजुरीकर्ता कार्कीका अनुसार प्लटीङवालाहरुले शक्तिको पहुंचमा सो राजकुलो भन्दा पारीपट्टी जग्गा रहेका प्रहरीका एकजना सहि लाई समेत कुटपीट गरेका छन् । प्लटीङ गर्ने व्यवसायीहरुले स्थानीय क्लब, राजनैतिक दल तथा जनप्रतिनिधिहरु समेतलाई मिलाएको बताँउदै सार्वजनीक जग्गामा मन्दिर बनाईदिने भन्दै पत्रकारहरु समेतलाई धम्काएका थिए । प्लटीङ व्यवसायी उद्धब पाण्डेले पत्रकारहरु आफुले पनि चिनेको बताँउदै यसका बिरुद्ध समाचार लेख्ने धम्की समेत दिएका थिए । उनीहरुले दिएको धम्की समेत लाई सगरमाथा पोष्टले यस अघि भिडियो मार्फत सार्वजनीक गरीसकेको छ । प्लटीङको काम रोकिएपछि तारकेश्वर नगरपालिका पुगेका व्यवसायीहरुले आफुहरुले गल्ती गरेको बताँउदै नगरपालिकाको नियम अनुसार जरीवाना तिर्न राजी भएका छन् । अहिले उनीहरुले तारकेश्वर नगरपालिकामा जरिवाना तिरेर उक्त प्लटिङलाई वैधानिक बनाउन लागिपरेका छन् । उनीहरूले सरकारी जग्गाको रुख फडानी र अदालतमा बिचाराधीन मुद्दा चलिरहेको जग्गामा समेत डोजर चलाएपछि विवाद आएको हो । नगरपालिकाले अनुगमनका क्रममा मापदण्डविपरीत गरिएको प्लटिङमा रोक लगाएको थियो। तर त्यसपछि व्यावसायी उद्दब पाण्डे, बैकुण्ठ पाठक र हरी मगर लगायतका व्यक्तिहरूले नगरपालिकामा जरिवाना तिर्ने र विभिन्न प्रक्रियागत बाटो प्रयोग गर्दै प्लटिङलाई वैधानिक बनाउने प्रयास गरेको बताइएको छ । सार्वजनीक जग्गामा बिना अनुमती डोजर चलाउने र त्यहाँको रुख फडानी गरेकोमा बन मुद्धा समेत उनिहरुमाथी लाग्नेछ ।


fgfg


प्रतिक्रिया दिनुहोस्