काठमाण्डौं जिल्ला तेक्वान्दो संघको तेश्रो बार्षिक साधारणसभा सम्पन्न, ३१ भन्दा बढी व्यक्तित्व तथा संस्था सम्मानीत

Sagarmatha Post
Sagarmatha Post २८ चैत्र २०८२, शनिबार
4 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । काठमाण्डौं जिल्ला तेक्वान्दो संघको तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाण्डौंको चावहिल स्थीत केएल टावरमा आज सम्पन्न भएको कार्यक्रममा खेलकुद क्षेत्रका ३१ भन्दा बढी व्यक्तित्व तथा संस्थाहरु सम्मानीत भएका छन् ।
संघका अध्यक्ष विक्रम खड्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा तारकेश्वर नगरपालिकाका मेयर कृष्ण हरि महर्जन प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा नेपाल तेक्वान्दो संघका पदाधिकारी, बागमती प्रदेशका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद्का अधिकारी, विभिन्न जिल्लाका तेक्वान्दो संघका अध्यक्ष, प्रशिक्षक, निर्णायक तथा खेलकुद क्षेत्रसँग आबद्ध व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
साधारणसभामा बोल्दै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले तेक्वान्दो खेलले युवापुस्तालाई अनुशासन, आत्मरक्षा र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने उल्लेख गर्दै स्थानीय तहबाट खेलकुद विकासमा आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे । उनले खेलकुद पूर्वाधार विकास, प्रशिक्षणको विस्तार तथा प्रतिभाशाली खेलाडी उत्पादनमा नगरपालिका सदैव सकारात्मक रहने बताए ।
तारकेश्वर नगरपालिकाका प्रवक्ता राधाकृष्ण खड्गीले तारकेश्वर नगरपालिकाले खेलकुदको विकासमा ठुलो लगानी गरेको बताँउदै खेलकुद क्षेत्रको विकासमा नगरपालिका लागिपरेको बताए ।
नेपाल तेक्वान्दो संघका महासचिब हेमन्त डाँगीले तेक्वान्दो खेलको प्रवद्र्धनका लागि समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।
काठमाण्डौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाई कृष्ण बलामीले खेलकुद क्षेत्रमा नीति निर्माण, प्रशिक्षण प्रणालीको सुदृढीकरण तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए ।
नेपाल तेक्वान्दो संघ बाग्मतीका अध्यक्ष केशव पुरीले तेक्वान्दो खेललाई अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रमका सभापति विक्रम खड्गीले संघलाई थप सक्रिय, व्यवस्थित र प्रभावकारी बनाउने दिशामा कार्यसमिति प्रतिबद्ध रहेको बताए।
खड्गीले समापन मन्तव्य राख्दै साधारण सभा सफलतापूर्वक सम्पन्न भएको घोषणा गदै कार्यक्रममा उठेका सुझाव र निष्कर्षहरूलाई आगामी कार्ययोजनामा समेटिने प्रतिबद्धता व्यक्त गरे।
३१ भन्दा बढी व्यक्तित्व तथा संस्था सम्मानित
काठमाडौं – काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता अन्तर्गत विभिन्न विद्यालय, तेक्वान्दो डोजाङ्ग तथा व्यक्तित्वहरूलाई प्रशंसा–पत्र र सम्मानपत्रले विभूषित गरिएको छ ।
प्रतियोगितामा लाइफ टाइम एचिपमेन्ट सम्मानबाट कविराज खड्गीलाई प्रदान गरियो । त्यस्तै, सुरेन्द्र श्रेष्ठ (श्री डल्लु आवास स्कूल), हरेराम खत्री (श्री बुढानिलकण्ठ तेक्वान्दो डोजाङ्ग), राजकुमार लामा (श्री जीवन तारा तेक्वान्दो डोजाङ्ग), श्रीकृष्ण श्रेष्ठ (श्री एम.जी. तेक्वान्दो डोजाङ्ग) र श्री फिरोज श्रेष्ठ (श्री सृजना ज्ञानसागर स्कूल) लगायतलाई १५ वर्ष प्रशंसा–पत्र प्रदान गरियो।
त्यसैगरी, श्री श्याम थापा मगर (नेपाल टाइगर्स तेक्वान्दो डोजाङ्ग), श्री सन्तोष मगर (कोपेस तेक्वान्दो डोजाङ्ग), श्री बब्लू सिवाकोटी (सितापाइला तेक्वान्दो डोजाङ्ग), श्री लालबहादुर बरामु (गोखाली तेक्वान्दो डोजाङ्ग) र श्री युमा शंकर लामा (थली तेक्वान्दो डोजाङ्ग) लाई सिनियर ग्रेडीङ प्रशंसा–पत्र प्रदान गरियो ।
त्यस्तै जुनियर ग्रेडीङ प्रशंसा–पत्र श्री श्याम थापा मगर, श्री प्रविन श्रेष्ठ (नयाँ बजार तेक्वान्दो डोजाङ्ग), श्री नोबू लामा (स्यूचाटार तेक्वान्दो डोजाङ्ग), श्री युमा शंकर लामा र श्री सन्तोष मगरले प्राप्त गरे। त्यस्तै, जुनियर ग्रेडिङ्ग प्रशंसा–पत्र श्री प्रविन खड्गी (प्रारम्भ वल्ड स्कूल एण्ड कलेज), श्री अनोज पुजारी (पाठशाला नेपाल फाउन्डेसन), श्री कुमार तामाङ (बालबाटिका इन्टरनेशनल स्कूल), श्री प्रदीप आले मगर (कोरोना स्कूल) र श्री अनुभव थापा (चेल्सी वल्ड स्कूल) लाई प्रदान गरियो।
संस्थागत सम्मान
संस्थातर्फ काठमाडौं जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता अन्तर्गत आयोजक संस्था श्री गोठाटार, फ्रेन्डसिप, एमिल, काभ्रेस्थली, न्यू नागार्जुन, स्यूचाटार, लैनचौर, धली, माउण्ट सगरमाथा, राइजिङ युथ, गणेश हिमाल स्कूल, वेस्ट डिभिजन, जुगल नवगुरुकुल, विष्णुदेवी, नयाँ बजार र नेशनल ब्लूमिङ फ्लावर एकेडेमी तेक्वान्दो दोजाङलाई प्रशंसा–पत्र प्रदान गरिएको छ।
नेपालमा तेक्वान्दो खेलको लोकप्रियता पछिल्लो समय बढ्दो क्रममा रहेको छ । विशेषगरी युवा पुस्तामा यसको आकर्षण बढ्दै गएको सन्दर्भमा यस्ता कार्यक्रमहरूले खेलकुद क्षेत्रलाई थप सशक्त बनाउने विश्वास गरिएको छ। तेक्वान्दोले अनुशासन, आत्मरक्षा, शारीरिक तन्दुरुस्ती तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको प्रवद्र्धनलाई अझ व्यापक बनाउने आवश्यकता औंल्याइएको छ । संघले आगामी दिनमा आधुनिक प्रशिक्षण प्रणाली अपनाउने, अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता बढाउने तथा नयाँ प्रतिभाको पहिचान र विकासमा विशेष ध्यान दिने योजना अघि सारेको छ । यसले नेपाली तेक्वान्दोलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने विश्वास गरिएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्