१५ औं काठमाण्डौं जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्डमा तारकेश्वरले भलिबल खेलमा लगातार तेश्रो पटक उपाधी जित्दै राख्यो कीर्तिमानी

Sagarmatha Post
Sagarmatha Post ८ बैशाख २०८३, मंगलवार
4 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । १५औं काठमाडौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड छनोट प्रतियोगिता अन्तर्गत आज सम्पन्न भलिबल खेलमा तारकेश्वर नगरपालिकाले पुरुषतर्फ (छात्र) उपाधि जितेको छ । काठमाण्डौं जिल्ला खेल्कुद विकास समितिको आयोजनामा सेक्रेट हार्ट माध्यमिक विद्यालय, तारकेश्वर नगरपालिका–४ मा आयोजित प्रतियोगिताको फाइनल खेलमा तारकेश्वरले बुढानिलकण्ठ नगरपालिकालाई पराजित गर्दै लगातार तेस्रो पटक उपाधि आफ्नो नाममा दर्ता गराएको हो । यस जितसँगै तारकेश्वर नगरपालिकाले जिल्ला स्तरमा आफ्नो वर्चस्वलाई अझ मजबुत बनाएको छ।
फाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो। दुबै टोलीले सुरुवातदेखि नै आक्रामक खेल प्रदर्शन गरेका थिए । दुवै सेटमा तारकेश्वरले सशक्त प्रर्दशन गदै बुढानिलकण्ठलाई पराजीत गदै जितको इतिहाँस रचेको हो ।
त्यसैगरी, प्रतियोगिताको छात्रा (महिला) भलिबलतर्फ तारकेश्वर नगरपालिकाले दोस्रो स्थान हासिल गर्दै रजत पदक जित्न सफल भएको छ। फाइनल खेलमा चन्द्रागिरी नगरपालिकासँग प्रतिस्पर्धा गर्दै तारकेश्वर पराजित भए पनि खेलाडीहरूले उच्च स्तरको प्रदर्शन गरेका थिए। चन्द्रागिरीले उत्कृष्ट तालमेल र आक्रामक खेलका कारण उपाधि जित्न सफल भएको हो। महिला भलिबलमा पनि तारकेश्वरको उपस्थिति बलियो देखिएको छ, जसले भविष्यमा अझ राम्रो नतिजाको सम्भावना देखाउँछ।
प्रतियोगिता सम्पन्न भएपछि आयोजित पुरस्कार वितरण समारोहमा विजेता तथा उपविजेता टोलीका खेलाडीहरूलाई प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरिएको थियो।
उक्त अवसरमा तारकेश्वर नगरपालिकाकी कार्यवाहक नगर प्रमुख सिर्जना बुर्लाकोटी अर्याल प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले विजेता खेलाडीहरूलाई बधाई दिँदै खेलकुदले युवाहरूको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले आगामी दिनमा पनि नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर थप कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइ कृष्ण बलामीले पनि खेलाडीहरूको उत्साहजनक प्रदर्शनको प्रशंसा गर्नुभयो। उहाँले यस्ता प्रतियोगिताहरूले स्थानीय प्रतिभाहरूलाई उजागर गर्ने र राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्ने उल्लेख गर्नुभयो। साथै, खेलकुद पूर्वाधारको विकास र प्रशिक्षण प्रणालीलाई अझ सुदृढ बनाउन आवश्यक रहेको उहाँको धारणा थियो।
सोही अवसरमा तारकेश्वर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गी, शिक्षा शाखा प्रमुख सुदिनराज बुढाथोकी, काठमाडौँ जिल्ला प्याप्सनका उपाध्यक्ष धनबहादुर पुन, ओप्सका अध्यक्ष एवं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा तारकेश्वर नगरपालिकाको भलिबल खेल संयोजक लोकेन्द्र बहादुर खड्का, राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको भलिबल संयोजक विवेक घिमिरे, सेक्रेट हाट मा.विका प्रधानाध्यापक बद्रीनाथ भट्ट लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उनीहरूले पनि प्रतियोगिताको सफल आयोजनाका लागि आयोजक टिमलाई धन्यवाद दिँदै खेलाडीहरूको उज्ज्वल भविष्यको कामना गरेका थिए।
प्रतियोगिता पछि प्रतिकृया दिंदै तारकेश्वर नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गीले तारकेश्वर नगरपालिका टिमले खेलकुदको विकासमा गरेको लगानीका कारण प्रतियोगितामा सफलता हाँसील गरिएको बताँउदै खेलकुद टोलीका मुख्य खेलाडीहरूको समन्वय, प्रशिक्षकको रणनीति तथा अनुशासित खेल शैलीले तारकेश्वरलाई लगातार तेस्रो उपाधि जित्न सफल बनाएको बताउनुभयो ।
ओप्सका अध्यक्ष एवं तारकेश्वर नगरपालिकाको तर्फबाट भलिबल खेलका संयोजक लोकेन्द्र बहादुर खड्काले तारकेश्वर नगरपालिकाले भलिबल खेलमा पहिलो पटक सहभागी हुने क्रममा देश्रो स्थान हाँसील गरेपनि त्यस यता लगातार तेश्रोपटक छात्र समुह तर्फ बिजेता बनेर इतिहाँस रचेको बताँउदै काठमाण्डौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समेत तारकेश्वर नगरपालिकाले उत्कृष्ट प्रदर्शन गदै पुरै प्रतियोगितामा ह्याट्रीक हान्ने दावी गर्नुभयो ।
१५औं काठमाडौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड छनोट प्रतियोगितामा काठमाण्डौं जिल्लाका ५ स्थानीय निकायको सहभागीता रहेको थियो । तारकेश्वर नगरपालिकामा कृष्ण हरि महर्जन नेतृत्वको टिम बिजेता भएर आएपछि १२ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा तारकेश्वर नगरपालिकाले पहिलो पटक सहभागीता जनाएको थियो । काठमाण्डौं जिल्लाका स्थानीय निकायहरु बिच हुने यस प्रतियोगिताको १२ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा तारकेश्वर नगरपालिकाले दोश्रो बनेको थियो भने १३ औ र १४ औं काठमाण्डौं जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा तारकेश्वरले लगातार दुई पटक पहिलो स्थान हाँसील गदै इतिहाँस रच्दै आएको छ ।
तारकेश्वर नगरपालिकाको यो जित केवल एउटा उपाधि मात्र नभई निरन्तर मेहनत, प्रशिक्षण र खेलप्रतिको समर्पणको परिणामको रूपमा हेरिएको छ । पछिल्ला वर्षहरूमा नगरपालिकाले खेलकुद क्षेत्रको विकासमा लगानी बढाउँदै आएको छ, जसको प्रतिफल अहिले देखिन थालेको खेलकर्मीहरूको भनाइ छ । विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने र उनीहरूलाई उचित प्रशिक्षण उपलब्ध गराउने नीतिले पनि यस सफलतामा महत्वपूर्ण भूमिका खेलेको छ।

May be an image of soccer, football and text

May be an image of one or more people, people playing voleyball, people playing football, people playing soccer and text

May be an image of one or more people and text

ggh

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्