तारकेश्वरमा चोरीका घटना बढ्यो, शेषमतीमा नुवाकोट घर भएकी युवतीको कोठाबाट चोरीभयो नगद र गहना

Sagarmatha Post
Sagarmatha Post ३ जेष्ठ २०८३, आईतवार
1 Min Read
Aa

काठमाडौं, ३ जेठ । काठमाडौंको तारकेश्वर नगरपालिका–११ नेपालटारस्थित शेषमति क्षेत्रमा डेरा गरी बस्दै आएकी नुवाकोट घर भएकी ३० वर्षीया सिता नेपालीको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना चोरी भएको छ।

शनिबार रातिको समयमा अज्ञात व्यक्तिले कोठामा प्रवेश गरी नगद रकम तथा सुनका गरगहना समेत गरी करिब १ लाख ४४ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ।

घटनापछि पीडितले प्रहरीमा जानकारी गराएकी थिइन्। सूचनापछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रहरीका अनुसार चोरीमा संलग्न व्यक्ति हाल फरार रहेका छन्। उनीहरूको खोजी कार्य तीव्र पारिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्