तारकेश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष बिक्रम खड्गीलाई पितृशोक

Sagarmatha Post
Sagarmatha Post ६ जेष्ठ २०८३, बुधबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष बिक्रम खड्गीका बुबा बुद्धिबहादुर खड्गीको निधन भएको छ । लामो समयदेखि बोन क्यान्सर रोगसंग संघर्ष गरिरहनुभएका खड्गीको हिजो जेष्ठ ५ गते ६८ वर्षको उमेरमा निधन भएको हो ।
स्व खड्गीको निधनको समाचारले तारकेश्वर नगरपालिका क्षेत्रसहित सम्पूर्ण खेलकुद तथा सामाजिक क्षेत्रलाई मर्माहत बनाएको छ । स्वर्गीय बुद्धिबहादुर खड्गी एक सरल, भद्र तथा समाजप्रेमी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँले आफ्नो जीवनभर परिवार र समाजका लागि महत्वपूर्ण योगदान पु¥याउनुभएको बताइन्छ । विशेषगरी आफ्ना सन्तानलाई अनुशासन, इमान्दारिता र सामाजिक उत्तरदायित्वको बाटोमा अघि बढ्न प्रेरित गर्ने अभिभावकका रूपमा उहाँलाई चिनिन्थ्यो। उहाँकै प्रेरणा र मार्गदर्शनका कारण पुत्र बिक्रम खड्गी सामाजिक तथा खेलकुद क्षेत्रमा सक्रिय रहँदै आएका छन्।
नगरप्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल सहित तारकेश्वर नगरपालिका परिवारले स्व खड्गी प्रति भावपुर्ण श्रदाञ्जली अर्पण गरेको छ ।
त्यस्तै नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ प्रदेश ख का सभापति बिष्णु भक्त तिमिल्सीनाले आज शोक विज्ञप्ती प्रकासीत गदै स्व खड्गी प्रति भावपुर्ण श्रदाञ्जली अर्पण गदै शोक सन्तव्द परिवारजन प्रति गहिरो दुख व्यक्त गर्नुभएको छ ।
उहाँको निधनपछि तारकेश्वर नगरपालिका नगर खेलकुद विकास समिति, स्थानीय सामाजिक संघसंस्था, खेलकर्मी तथा विभिन्न व्यक्तित्वहरूले समेत गहिरो दुःख व्यक्त गरेका छन्। धेरैले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्