पहिलो एन्जल्स हार्ट नेश्नल स्कुल कप जुनियर अन्तर विद्यालय फुटसल प्रतियोगिता सुरु

Sagarmatha Post
Sagarmatha Post १० जेष्ठ २०८३, आईतवार
2 Min Read
Aa
रबिन थपलिया । काठमाडौं । एन्जल्स हार्ट राष्ट्रिय स्कुलको आयोजनामा ‘प्रथम एन्जल्स हार्ट राष्ट्रिय स्कुल कप–२०२६’ जुनियर इन्टर स्कुल फुटसल प्रतियोगिता सुरु भएको छ ।
एन्जल्स स्पोर्टस एकेडेमी तारकेश्वर ९ मा आज देखि सुरु भएको फुटसल प्रतियोगिताको नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक, जुनियर फुटबल एकेडेमीका संस्थापक तथा एएफसी ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रीले उदघाटन गर्नुभयो ।
काठमाडौं उपत्यकाका आठ विद्यालयको सहभागिता रहेको प्रतियोगिता भोली सम्पन्न हुनेछ । प्रतियोगितामा सहभागी विद्यालयहरूमा एन्जल्स हार्ट राष्ट्रिय स्कुल, काठमाडौं लोक शिक्षण स्कुल, काठमाडौं युरो स्कुल, समृद्धि स्कुल, काव्या स्कुल, रोना इन्टरनेसनल स्कुल, एन्जल्स हार्ट सेकेन्डरी स्कुल र फ्युचर स्टार इङ्लिस सेकेन्डरी स्कुल रहेका छन्।
प्रतियोगिताको उदघाटन गदै नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक, जुनियर फुटबल एकेडेमीका संस्थापक तथा एएफसी ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रीले संक्षिप्त सम्बोधन गर्दै युवा खेलाडीहरूलाई प्रशिक्षण, अनुशासन र खेल भावनाको महत्व बताए । उनले नेपाली फुटसलको विकासका लागि विद्यालयस्तरबाटै खेल संस्कार आवश्यक रहेको धारणा राखे।
विद्यालयका प्रिन्सिपल टकबहादुर थापाले स्वागत मन्तव्य राख्दै सबै सहभागी विद्यालय र खेलाडीलाई शुभकामना व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा अध्यक्ष लिलबहादुर पुनले सम्बोधन गर्दै यस प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूमा खेलकुदप्रति लगाव बढाउनु, प्रतिभा पहिचान गर्नु र स्वस्थ प्रतिस्पर्धाको विकास गर्नु रहेको बताए।
प्रतियोगितामा सहभागी आठवटै विद्यालयलाई औपचारिक रूपमा सहभागिताको पत्र हस्तान्तरण गरियो। साथै अध्यक्ष लिलबहादुर पुन र प्रिन्सिपल टकबहादुर थापाले प्रमुख अतिथि प्रज्वल प्रताप क्षेत्रीलाई टोकन अफ लभ प्रदान गरेका थिए।
एन्जल्स हार्ट नेश्नल स्कुलका अध्यक्ष लिलबहादुर पुनको सभापतित्वमा सम्पन्न भएको उदघाटन कार्यक्रममा एन्जल्स स्पोट्र्स एकेडेमीका अध्यक्ष खिमबहादुर थापा, समृद्धि स्कुलका डाइरेक्टर दिनेश महर्जन, एन्जल्स हार्ट नेश्नल स्कुलका निम्न माध्यामिक संयोजक इमकुमारी गुरुङ, प्राथमिक संयोजक सृजना कुँवर, पुर्व प्राथमिक संयोजक सिमरन महर्जन डंगोल, लेखापाल शर्मिला गिरी लगायतको उपस्थीति रहेको थियो ।
औपचारीक कार्यक्रम समापन पछि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक, जुनियर फुटबल एकेडेमीका संस्थापक तथा एएफसी ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षक प्रज्वल प्रताप क्षेत्री र विद्यालयका अध्यक्ष लिल बहादुर पुनले संयुक्त रुपमा रेफ्रिलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको सुभारम्भ गर्नुभयो ।
May be an image of ‎one or more people and ‎text that says '‎"LET ME DO, MYSELF" 1st ANGELS' HEART NATIONAL SCHOOL CUP JUNIOR INTER SCHOOL FUTSAL TOURNAMENT NIZED B OCELS' SELS' NATIO SCHOOL KELNE HaLA, 6 العلم 日 43 第ー〜間‎'‎‎
May be an image of football, soccer and text
May be an image of one or more people
fgfdg
Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्