तारकेश्वरको निजी विद्यालयहरुको शुल्कमा अनुगमन गर्न रास्वपा नेताको माग, अभिभावकको अभिमत संकलन गर्न आग्रह

Sagarmatha Post
Sagarmatha Post ११ जेष्ठ २०८३, सोमबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिकाका निजी विद्यालयहरुले नगरपालिकाले तोकेको भन्दा बढी शुल्क उठाएको व्यापक जनगुनासो बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वरका युवा नेता एवं सामाजिक अभियन्ता उमेश थापाले सामाजिक सञ्जाल मार्फत निजी विद्यालयहरूले लिइरहेको शुल्क सम्बन्धमा स्थानीय तहले प्रभावकारी अनुगमन नगरेको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरकार्यसमिति अन्तर्गत वन, वातावरण तथा प्राकृतिक स्रोत विभाग संयोजक रहेका थापाले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेपाल सरकारले निजी विद्यालयहरूको शुल्क सम्बन्धमा नीति तथा मापदण्ड घोषणा गरे पनि नगरपालिकास्तरमा त्यसको कार्यान्वयन र निगरानी कमजोर देखिएको बताएका हुन्।
उनले तारकेश्वर नगरपालिकाभित्र सञ्चालित निजी विद्यालयहरूको शुल्क संरचनामाथि पूर्ण छानबिन गर्न, अभिभावकहरूको अभिमत सङ्कलन गर्न तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन्। साथै, छानबिनबाट प्राप्त तथ्य तथा निष्कर्ष केन्द्र सरकारसमक्ष प्रतिवेदनका रूपमा पठाउन पनि उनले आग्रह गरेका छन्।
थापाले शिक्षा क्षेत्रलाई व्यवस्थित, पारदर्शी र अभिभावकमैत्री बनाउन स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने उल्लेख गरेका छन्। पछिल्लो समय निजी विद्यालयहरूले विभिन्न शीर्षकमा अतिरिक्त शुल्क असुल्ने गरेको भन्दै अभिभावकहरूबाट गुनासो बढिरहेका बेला उनको यो धारणा सार्वजनिक भएको हो।
सामाजिक सञ्जालमा सार्वजनिक उक्त आग्रहपछि शिक्षा क्षेत्र, अभिभावक तथा स्थानीय समुदायमा निजी विद्यालयहरूको शुल्क व्यवस्थापन र अनुगमनको विषय फेरि चर्चामा आएको छ।

May be an image of text that says 'Thapa Umes is with Prabin Basnyat CI... and Prabin Basnyat. 12h• नेपाल सरकारले घोषणा गरेको निजि विद्यालयहरूको शुल्कमा नगरपालिकाहरूले कुने अनुगमन र चासो दिएको देखिदैन तार्केश्व नगरमा पूर्ण छानविन तथा अभिभावकहरूको अभिमत संकलन गरी कार्वाही गर्न केन्द्रमा रिपोर्ट गर्न बिनम्र अनुरोध गर् चहान्छु। बिभाग प्रमुख ज्यु'

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्