रबिन थपलिया । काठमाडौं, राष्ट्रिय खेल भलिबलको विद्यालय तथा कलेज तहबाट विकास गर्ने उद्देश्यसहित दोस्रो राष्ट्रिय एन्जल्स हार्ट अन्तर विद्यालय÷कलेज स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ ।
एन्जल्स हार्ट माध्यमिक विद्यालय÷कलेज, मनमैजुद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता आगामी २०८३ जेठ २३ गतेदेखि २६ गतेसम्म काठमाडौंको तारकेश्वर ९ स्थीत एन्जल्स स्पोट्र्स एकेडेमीको प्राङ्गणमा सञ्चालन गरिने जानकारी दिइयो। प्रतियोगिताको व्यवस्थापन विभिन्न संघसंस्था तथा सरोकारवाला निकायको समन्वयमा गरिने आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
प्रतियोगितामा कक्षा १२ सम्मका तथा हालै कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन् भने देशभरबाट करिब ५० टोली सहभागी हुने अपेक्षा गरिएको आयोजकको भनाइ छ।
प्रतियोगिताको विजेता टोलीले रु. ५० हजार, उपविजेताले रु. ३० हजार र तेस्रो स्थान हासिल गर्ने टोलीले रु. १५ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसैगरी उत्कृष्ट खेलाडीहरूलाई ‘बेस्ट स्पाइकर’, ‘बेस्ट लिफ्टर’, ‘बेस्ट सर्भर’, ‘बेस्ट ब्लकर’, ‘बेस्ट डिफेन्स’ र ‘बेस्ट प्लेयर’ विधामा जनही नगद पुरस्कार तथा गोल्ड मेडल प्रदान गरिने एन्जल्स हार्ट सेकेन्डरी स्कुलका प्रधानाध्यापक धन बहादुर पुनले जानकारी दिनुभयो ।
प्रिन्सीपल पुनका अनुसार निजी क्षेत्र तथा विभिन्न सहयोगी संस्थाको सहकार्यमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
बागमती प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री शैलेन्द्रमान बज्राचार्यले भलिबल नेपालको राष्ट्रिय खेल भएकाले यसको विकासका लागि स्थानीय तह, शैक्षिक संस्था तथा खेलकुदसम्बद्ध निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यालय र कलेज तहबाट प्रतिभावान खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै तारकेश्वर नगर प्याब्सनका अध्यक्ष गोपाल बुढाथोकीले विद्यालय तहबाट खेलकुद गतिविधिलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक तथा अनुशासनात्मक विकासमा टेवा पुग्ने उल्लेख गर्दै प्रतियोगिताको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो ।
एन्जल्स स्पोट्र्स एकेडेमीका अध्यक्ष खिमबहादुर थापाले प्रतियोगिताको उद्देश्य विद्यालय तथा कलेज तहका खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्नु रहेको बताउनुभयो । उहाँले देशभरका युवा खेलाडीलाई एकै मञ्चमा ल्याएर उनीहरूको क्षमता प्रदर्शन गर्ने अवसर सिर्जना गर्नुका साथै राष्ट्रिय भलिबलको विकासमा योगदान पु¥याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा एन्जल्र्स हार्ट फाउण्डेसनका कार्यकारी अध्यक्ष लिल बहादुर पुनले प्रतियोगितामार्फत नयाँ तथा प्रतिभावान युवा खेलाडीलाई अवसर प्रदान गर्दै विद्यालय तथा कलेज तहबाट राष्ट्रिय भलिबलको विकासमा योगदान पु¥याउने लक्ष्य राखिएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा एन्जल्स हार्ट फाउण्डेसनका उपाध्यक्ष एवं कार्यक्रम संयोजक यम छन्त्यालले प्रतियोगिताको अनुमानित खर्च रु. ६ लाख ३० हजार रहेको बताँउदै उक्त रकम पुरस्कार, सुरक्षा, उद्घाटन तथा समापन समारोह, रेफ्री तथा अफिसियल खर्च, प्रचारप्रसार र आवास तथा भोजन व्यवस्थामा खर्च गरिने बताउनुभयो ।
पत्रकार सम्मेलनमा अपेनकी केन्द्रीय उपाध्यक्ष रेखा शाही हमालले प्रतियोगिताको सफल आयोजनाका लागि अपेनको तर्फबाट आवश्यक साथ, सहयोग र समन्वय रहने बताउनुभयो। उहाँले खेलकुद क्षेत्रको विकास र युवा प्रतिभाको प्रोत्साहनका लागि यस्ता प्रतियोगिताहरू महत्वपूर्ण हुने धारणा राख्नुभयो।
कार्यक्रममा एन्जल्स हार्ट सेकेन्डरी स्कुलका सहायक प्रधानाध्यापक दिलबहादुर बुढाथोकीले विद्यालयले शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलाप र खेलकुदलाई पनि समान महत्व दिँदै आएको बताउनुभयो। उहाँले प्रतियोगिताले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना, नेतृत्व क्षमता र अनुशासनको विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
एन्जल्स हार्ट सेकेन्डरी स्कुलका फाइनान्स डाइरेक्टर समिरराज भण्डारीले प्रतियोगितालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिँदै अझ व्यवस्थित, प्रभावकारी र व्यापक बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विद्यालय तथा कलेज तहका खेलाडीलाई राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यअनुरूप प्रतियोगितालाई दीर्घकालीन रूपमा सञ्चालन गरिने बताउनुभयो।





dgf


प्रतिक्रिया दिनुहोस्