विश्व वातावरण दिवसमा एन्जल हार्ट नेसनल स्कुलमा अन्तरविद्यालयीय चित्रकला प्रतियोगिता आयोजना

Sagarmatha Post
Sagarmatha Post २२ जेष्ठ २०८३, शुक्रबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा तारकेश्वर नगरपालिका–९ स्थित एन्जल हार्ट नेसनल स्कुलमा अन्तरविद्यालयीय चित्रकला प्रतियोगिता आयोजना गरिएको छ।

May be an image of smiling and text that says 'LET ME DO. MYSELF AAngels' National School Heart & Social Awareness & Multipurpose Development Allianc Presents' Competati Inter- Inter-Schoo! Schoo! E NOIPANSY ်မျိုားနခ် Seu'
एन्जल हार्ट नेसनल स्कुल र हामदा नेपालको संयुक्त आयोजनामा भएको प्रतियोगिताको उद्घाटन तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी हरियालीले दीप प्रज्वलन गरी गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख हरियालीले वातावरण संरक्षण आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै बालबालिकामार्फत वातावरणीय चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।

May be an image of one or more people
प्रतियोगितामा काठमाडौं उपत्यकाका १९ विद्यालयका १७० विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगिताको निर्णायकको भूमिकामा प्रोफेसर पकबहादुर थापा रहनुभएको छ।
कार्यक्रममा एन्जल हार्ट नेसनल स्कुलका अध्यक्ष लीलबहादुर पुन, एन्जल हार्ट सेकेन्डरी स्कुलका प्रिन्सिपल तथा काठमाडौं जिल्ला प्याब्सनका उपाध्यक्ष धनबहादुर पुन, एन्जल हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापा, विद्यालयकी एकेडेमिक डाइरेक्टर तथा ओपेन केन्द्रकी उपाध्यक्ष रेखा शाही हमाल, विद्यालयकी माध्यमिक संयोजक इन्दुकुमारी गुरुङ, निम्न माध्यमिक संयोजक सिर्जना बस्नेत, प्राथमिक संयोजक सिम्रन डंगोल, फाइनान्स डाइरेक्टर शर्मिला गिरी लगायत शिक्षक, कर्मचारी, विभिन्न विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका अवसरमा विद्यार्थीहरूले विश्व वातावरण दिवसको सन्देश प्रवाह गर्ने जनचेतनामूलक गीति नाटक तथा अन्य सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए। वातावरण संरक्षण, सरसफाइ, हरियाली प्रवद्र्धन तथा जलवायु परिवर्तनका विषयलाई केन्द्रमा राखेर चित्रकला प्रतियोगिता सञ्चालन भइरहेको आयोजकले जनाएको विद्यालयका प्रिन्सीपल टक बहादुर थापाले बताउनुभयो ।
प्रतियोगिता जारी रहेको छ ।

May be an image of one or more people, temple and text

May be an image of text that says 'Son LET ME DO. MYSELF ngels' Hear Natioal Schee Sch Nati al ness & Multin elopment Alliana (SAMDANI 'and mESESY .S SpoG ግታብር 和 Sctoo Kanir Vint'

May be an image of soccer, studying and text

May be an image of one or more people, people studying and text

dvf

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्