रास्वपा नुवाकोटको प्रथम जिल्ला अधिवेशनबाट रामेश्वर गजुरेल भारी मतसहित पुनः सभापतिमा निर्वाचित, जिल्ला कार्यसमितिमा क कस्ले पाए इन्ट्री ?

Sagarmatha Post
Sagarmatha Post २४ जेष्ठ २०८३, आईतवार
2 Min Read
Aa

नुवाकोट, जेठ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको प्रथम जिल्ला अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति चयन भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार रामेश्वर गजुरेल २५७ मतसहित पुनः जिल्ला सभापतिमा निर्वाचित भएका छन्।

कुल ३२५ मत गणना हुँदा गजुरेलले झण्डै ८० प्रतिशत मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धीहरू राजु लामिछाने र शरण महतलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्। लामिछानेले २८ र महतले ३७ मत प्राप्त गरेका छन्।

उपसभापति पदमा कृष्णलाल श्रेष्ठ १७३ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी सुनिमा थिङ तामाङले ८४ मत प्राप्त गरिन् भने उमेश पाठकले २३ र नारायण भण्डारीले २० मत प्राप्त गरेका छन्।

सचिव पदमा बसन्त धिताल १९४ मतसहित विजयी बनेका छन्। उनका प्रतिस्पर्धी शिवराज लामिछानेले ११६ मत प्राप्त गरेका थिए।

समावेशी तर्फ जनजाति सदस्यमा छेपोन तामाङ १७२ मतसहित निर्वाचित भएका छन्। प्रकाश तामाङले ६४ तथा लालबहादुर तामाङले ५५ मत प्राप्त गरेका छन्।

महिला सदस्यतर्फ लक्ष्मी पाण्डे सर्वाधिक २५७ मतसहित निर्वाचित भएकी छन्। त्यसैगरी जानुका सापकोटा १८६ मत र राधिका रिमाल १४० मतसहित निर्वाचित हुँदा मनिता खनालले ११५ मत प्राप्त गरेकी छन्।

खुला सदस्यतर्फ विपना पाण्डे १२८ मतसहित निर्वाचित भएकी छन्। अन्य उम्मेदवारमध्ये सुभाष भण्डारी ९७ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। दिलबहादुर शाक्यले ६९, भाइराम पोखरेलले ५१, सोमेश लामाले ४९, गोविन्द लामिछानेले ४९, दीपक रिजालले ४५, नलराज अधिकारीले ३३, रुपेश सिंह राजपुतले २७ तथा विष्णुप्रसाद अधिकारीले २३ मत प्राप्त गरेका छन्।

अधिवेशनको परिणामले जिल्ला नेतृत्वमा रामेश्वर गजुरेलप्रतिको बलियो विश्वास पुनः स्थापित गरेको विश्लेषण गरिएको छ। झण्डै ८० प्रतिशत मत प्राप्त गर्दै पुनः नेतृत्वमा दोहोरिएका गजुरेलले अब नुवाकोटका १२ स्थानीय तह, ८८ वडा र ४ प्रदेशसभा क्षेत्रमा पार्टी संगठनलाई थप सुदृढ बनाउने जिम्मेवारी पाएका छन्।

नयाँ कार्यसमितिले आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनलाई केन्द्रमा राखेर संगठन विस्तार, जनपरिचालन र पार्टीको आधार क्षेत्र मजबुत बनाउने अपेक्षा गरिएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्