एसईई उत्रिण विद्यार्थीलाई मानसिङ धर्म माविमा बधाई तथा शुभकामना कार्यक्रम, उत्कृष्ट नतिजा दिलाउने विषय शिक्षकलाई सम्मान

Sagarmatha Post
Sagarmatha Post ३० जेष्ठ २०८३, शनिबार
6 Min Read
Aa

रबिन थपलिया । काठमाडौं। तारकेश्वर नगरपालिका–१० स्थित मानसिङ धर्म माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफल भएका विद्यार्थी, उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा शतप्रतिशत नतिजा दिलाउन सफल विषयगत शिक्षकहरूलाई सम्मान गर्दै बधाई तथा सम्मान कार्यक्रम भव्यताको साथ सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रम तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
विद्यालय व्यवस्थापन समितिकी ज्येष्ठ सदस्य रत्नमाया परियारको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख सुरेशराज जोशी, तारकेश्वर नगरपालिका–१० का वडाध्यक्ष कुमार राई, तारकेश्वर नगरपालिकाका नगर शिक्षा अधिकारी सुदिनराज बुढाथोकी, समाजसेवी तथा शिक्षाप्रेमी सुरेन्द्र महर्जन, रोजमेरी आइडल बोर्डिङ स्कुलका प्रिन्सिपल पुष्प पौडेल, वडा सदस्य तथा कार्यपालिका सदस्य शान्ता थापालिया, वडा सदस्य विक्रम महर्जन, विद्यालय व्यवस्थापन समितिका प्रमुख सल्लाहकार शिवराज सापकोटा, सल्लाहकार रामेश्वर पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा विद्यालयका संस्थापक स्वर्गीय मानसिङ धर्म महर्जनका सुपुत्र मानबहादुर महर्जन, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

May be an image of one or more people, dais and text that says 'सम्मान करंकरय Batch 2082 pota ओकड 30 महे त माघ्यमिक विवालय ਕਾਕोਡ शडमडी'
कार्यक्रमका प्रमुख अतिथि तथा तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरि महर्जनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताउँदै शिक्षक अभाव व्यवस्थापनका लागि नगरपालिकाले १ सय दरबन्दी खडा गरेको बताए ।
नगरप्रमुख महर्जनका अनुसार संघीय सरकारले उपलब्ध गराएको दरबन्दी मात्रै पर्याप्त नभएकाले नगरपालिकाले थप जनशक्ति व्यवस्थापन गर्दै शिक्षाको गुणस्तर सुधार गर्ने अभियानलाई अगाडि बढाएको छ।
“हामीले शिक्षक अभावका कारण कुनै पनि विद्यार्थी पढ्नबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले थप दरबन्दी सिर्जना गरेका हौँ। नगरपालिकाले आफ्नै स्रोत–साधनबाट शिक्षक व्यवस्थापन गरेर सामुदायिक विद्यालयलाई बलियो बनाउने प्रयास गरिरहेको छ।”
उनले आगामी आर्थिक वर्षमा पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै करिब १३ करोड रुपैयाँ बजेट विनियोजन गर्ने तयारी भइरहेको जानकारी दिए। “शिक्षा, स्वास्थ्य र खानेपानी हाम्रो आगामी बजेटका मुख्य प्राथमिकताका क्षेत्र हुन्। सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास, प्रविधिमैत्री शिक्षण प्रणाली, शिक्षक व्यवस्थापन र विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धिका लागि आवश्यक लगानी बढाइनेछ।”
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सुरेशराज जोशीले काठमाण्डौं जिल्लाका अन्य पालिकाहरुको तुलनामा तारकेश्वरको नतिजा उत्कृष्ट रहेको बताँउदै तारकेश्वरको सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर समेत सुधार हुँदै गएको बताए।
“गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता र शिक्षकहरूको मेहनतले सामुदायिक विद्यालयले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था सिर्जना भएको छ। मानसिङ धर्म माविको उपलब्धि प्रशंसनीय छ।”
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष एवं व्यवस्थापन समितिका सदस्य कुमार राईले नगरपालिकाले शिक्षामा गरेको लगानीका कारण सामुदायिक विद्यालयप्रतिको विश्वास बढ्दै गएको बताए ।

May be an image of one or more people, dais and text
तारकेश्वरका नगर शिक्षा अधिकारी सुदिनराज बुढाथोकीले विद्यालयको नतिजा प्रेरणादायी रहेको बताए। “विद्यार्थीको सफलतामा शिक्षकको समर्पण र अभिभावकको सहयोग उत्तिकै महत्वपुर्ण हुने बताँउदै बुढाथोकीले हनगरपालिकाले शिक्षाको गुणस्तर वृद्धिका लागि आवश्यक सहयोग जारी राख्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका प्रमुख सल्लाहकार शिवराज सापकोटाले समग्रतामा विद्यालयको नतिजा राम्रो देखिएपनि आगामी दिनमा जिपिए फोर ल्याउने गरी मेहनत गर्न सुझाब दिनुभयो ।

May be an image of dais and text that says 'વघाર SEE 2082 श्री थी श्रीमान मान मिकविवालय धमिक बिनालय NmS'
विद्यालयका प्रधानाध्यापक केदारप्रसाद गजुरेलले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयले समिति श्रोत साधनका बिच उत्कृष्ट नतिजा ल्याउन लागिपरेको बताँउदै विद्यालयको भौतीक संरचना, शिक्षक दरबन्दीको अभावलाई पुरा गर्न नगरपालिकाबाट सहयोगको अपेक्षा गरेको बताए ।
शैक्षिक उन्नयनमा शिक्षक, अभिभावक, व्यवस्थापन समिति र समुदायको सहकार्य महत्वपुर्ण रहेको बताँउदै प्रधानाध्यापक गजुरेलले भने, “विद्यार्थीको सफलता विद्यालयको मात्र उपलब्धि होइन, यो सम्पूर्ण समुदायको साझा गौरव हो। आज सम्मानित विद्यार्थी र शिक्षकहरूले आगामी पुस्तालाई प्रेरणा दिने विश्वास लिएका छौं।“
कार्यक्रममा शिक्षक अभिभावक सङ्घका अध्यक्ष बिसन सिंह बोहराले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा अभिभावकको भूमिका महत्वपुर्ण हुने बताँउदै विद्यालयको शैक्षिक स्तर उकास्नका निम्ती अविभावहरुको हातेमालो जरुरी रहेको बताए ।
कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिकाहरूले नेवारी मौलिक गीतमा नृत्य प्रस्तुत गर्दै उपस्थित सबैको मन जितेका थिए। त्यसैगरी विद्यालयमा अध्ययनरत बालबालिकाहरूले विभिन्न नेपाली गीतहरूमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए।
सो अवसरमा यस वर्षको एसईई परीक्षामा छात्रतर्फ प्रथम स्थान हासिल गर्ने रोहित भट्ट र छात्रातर्फ प्रथम हुने रोजिला पराजुलीलाई विद्यालयको तर्फबाट जनही रु. ५ हजार नगद तथा सम्मानपत्र प्रदान गरिएको थियो।
त्यसैगरी विद्यालय व्यवस्थापन समितिका सदस्य तथा संस्थापक स्वर्गीय मानसिङ धर्म महर्जनका सुपुत्र मानबहादुर महर्जनले व्यक्तिगत तर्फबाट पनि दुवै विद्यार्थीलाई जनही रु. ५ हजार नगद प्रदान गरेका थिए।
त्यस्तै कार्यक्रममा विद्यालयले विद्यार्थीको सफलतामा शिक्षकहरूको योगदानको उच्च मूल्यांकन गर्दै आफ्नो विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरूलाई विशेष सम्मान गरेको थियो।
अर्थशास्त्र विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयका प्रधानाध्यापक केदारप्रसाद गजुरेललाई विद्यालयको तर्फबाट रु. ५ हजार, अङ्ग्रेजी विषयमा शतप्रतिशत नतिजा दिलाउन सफल विष्णुहरि मिश्र र कोपिला अधिकारीलाई जनही विद्यालयको तर्फबाट रु. ५ हजार तथा सामाजिक विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल दिपेन्द्र लामीछाने र रुपाकुमारी शर्मालाई पनि जनही विद्यालयको तर्फबाट रु. ५ हजार नगद सहित सम्मान गरिएको थियो । तिनवटै विषयमा शतप्रतिशत विद्यार्थी उत्रिण गराउन सफल शिक्षकहरुलाई विद्यालय व्यवस्थापन समितिका सदस्य मानबहादुर महर्जनले व्यक्तिगत रुपमा जनहरु रु ५÷५ हजारका दरले पुरस्कार प्रदान गरेका थिए ।
यस वर्ष मानसिङ धर्म माध्यमिक विद्यालयबाट १०२ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए। तीमध्ये ८१ जना विद्यार्थी ग्रेडसहित उत्तीर्ण हुन सफल भएका छन्।
जस मध्य ए प्लस ३ जना, ए ३१ जना, बि प्लस १९ जना र वि ग्रेड ८ जना सहित उत्रिण हुन सफल भए । यस नतिजासँगै मानसिङ धर्म माध्यमिक विद्यालय तारकेश्वर नगरपालिकाका सामुदायिक विद्यालयहरूमध्ये दोस्रो धेरै विद्यार्थी उत्तीर्ण गराउने विद्यालय बनेको छ। पहिलो स्थानमा रहेको पृथ्वीनारायण माध्यमिक विद्यालयबाट एसईईमा सहभागी १०६ जना विद्यार्थीमध्ये शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने दुई जनाले ४.० जीपीए प्राप्त गर्न सफल भएका थिए।

May be an image of one or more people, people smiling, dais and text that says 'शाम SEE Batch 2082 मिति: जेष्ठ श्रीमा शरी मा ह विश्ोष्ट रष्ट वि आता्थ लय'

May be an image of one or more people, people smiling, dais and text

May be an image of dais and text that says 'SEE Batch 2082 ति: ఖಂడ.ఫ जेष्ठ 3 श्री 7 पंह धर्म त.पा. त. শোবোল अतियि अतियि अतिधि अतिधि प्रसुर A: ረ/'

May be an image of dais and text that says 'HOURA CLASED 国一 CaA Theua Theuas&to Ptha M ann ม.ลลทวจก caram बधाई तथा सम्मान कार्यक्रिम SEE Batch 2082 गिति ခ၀ဝခ जेष्ठ 20 गते नसिंह तাक माह्र मा.'

gfgh

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्