काठमाडौंमा सरकारी भवनभित्र सञ्चालन भइरहेका संघ–संस्थाका कार्यालय हटाउन सिडियोको एक हप्ताको अल्टीमेटम

Sagarmatha Post
Sagarmatha Post २ असार २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं ले सरकारी तथा सार्वजनिक निकायका भवनभित्र सञ्चालन भइरहेका गैरसरकारी प्रकृतिका संघ, संगठन तथा संस्थाका कार्यालयहरू हटाउन निर्देशन दिएको छ।

कार्यालयले जारी गरेको अत्यावश्यक सूचनाअनुसार संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका विभिन्न प्राविधिक, पेशागत तथा गैरसरकारी संघ–संस्थाका केन्द्रीय, प्रदेश, जिल्ला, सम्पर्क तथा इकाइ कार्यालयहरू सरकारी भवन तथा संरचनाभित्र सञ्चालन भइरहेको जानकारी प्राप्त भएपछि उक्त निर्णय गरिएको हो।

सूचनामा यस्ता संघ–संस्थाका कार्यालयहरूलाई ७ दिनभित्र सरकारी भवनबाट अन्य निजी वा भाडाका भवनमा स्थानान्तरण गरी सोको जानकारी जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउन भनिएको छ।

त्यसैगरी, सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूलाई पनि आफ्नो परिसरभित्र रहेका यस्ता संघ–संस्थाका बोर्ड तथा संरचना हटाई उनीहरूले ओगटेका स्थान खाली गराउन निर्देशन दिइएको छ।

जिल्ला प्रशासन कार्यालयले सूचनाको अवज्ञा गरी सरकारी संरचनाभित्र कार्यालय सञ्चालन गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ।

उक्त सूचना प्रशासनिक अधिकृत तीर्थराज कट्टेल द्वारा जारी गरिएको हो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्