टिकटकमार्फत ब्ल्याकमेल गरी रकम असुल्ने आरोपमा तारकेश्वरबाट दुई जना पक्राउ

Sagarmatha Post
Sagarmatha Post २ असार २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौं । काठमाडौं प्रहरीले सामाजिक सञ्जाल टिकटक प्रयोग गरी एक महिलालाई ब्ल्याकमेल गर्दै रकम असुल्ने तथा मानव बेचबिखनसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय काठमाण्डौंले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पीडित महिलालाई विभिन्न डर, त्रास र धम्की देखाई उनको नाममा नक्कली फोटो तथा भिडियो तयार गरी व्हाट्सएपमार्फत विभिन्न व्यक्तिलाई पठाउने तथा क्यूआर कोडमार्फत पैसा माग्ने कार्य भएको थियो।प्रहरीका अनुसार आरोपीहरूले पीडितको डेरामा बन्धक बनाई जबरजस्ती करणी गरेको घटनासमेत अनुसन्धानमा खुलेको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरिएको हो।पक्राउ पर्नेमा पुर्णीमा राई र सञ्जय तामा रहेका छन्।

जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी हुने यस्ता अपराधप्रति सचेत रहन तथा शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्