नेपाल स्टक एक्सचेन्ज (नेप्से) : साताको सुरुआतबाटै ओरालो लागेको बजार आज ६.३१ अंकले घट्यो

Sagarmatha Post
Sagarmatha Post २ असार २०८३, मंगलवार
1 Min Read
Aa

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबारको कारोबारमा पनि घटेको छ । साताको सुरुआतबाटै ओरालो लागेको बजार आज ६.३१ अंक घटेको हो । यससँगै बजार मापक २७०५.४५ विन्दुमा झरेको छ । सोमबार १२.२६ अंक घटेको थियो ।बजार घट्दा ८० कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । १७७ कम्पनीको सेयर मूल्य घटेको छ । १५ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । कारोबार चार अर्ब नाघेको छ । चार अर्ब चार करोड ७८ लाख ५८ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड सात लाख आठ हजार ५९६ कित्ता सेयर ५८ हजार ११६ पटकमा किनबेच भएको छ ।

सोपान फर्माटिकल्स, एपोलो हाइड्रोको सेयर मूल्यमा सकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ । दोल्ती पावर कम्पनी, बुंगल हाइड्रो, मेन्छियम हाइड्रो उच्च कारोबार गर्ने शीर्ष कम्पनीमा परे ।यस्तै, सयपत्री हाइड्रो, युनिक नेपाल लघुवित्त, एनएमबी डिबेन्चर, कालिन्चोक हाइड्रो, रिलायन्य स्पिनिङ मिल्स लगायतका कम्पनी उच्च गुमाउने शीर्ष स्थानमा रहे । समूहगत सूचकतर्फ म्युचअल फन्ड ०.०५ प्रतिशत तथा व्यापार समूह ०.३१ प्रतिशत बढ्दा बाँकी ११ समूह राताम्मे देखिएका छन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्