‘ट्राफिक प्रहरीले जरिवानाबाट २५ प्रतिशत भत्ता पाउँछन्’ भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

Sagarmatha Post
Sagarmatha Post ३० असार २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घनबापत असुल गरिने जरिवानाबाट २५ प्रतिशत विशेष भत्ता प्राप्त गर्ने भन्ने समाचार तथा सामाजिक सञ्जालमा फैलाइएका टिप्पणीहरू भ्रामक र तथ्यहीन भएको जनाएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घनबापत उठाइएको जरिवाना सिधै नेपाल सरकारको राजस्व खातामा जम्मा हुने व्यवस्था रहेको स्पष्ट पारेको छ। उक्त रकमबाट ट्राफिक प्रहरी वा अन्य कुनै कर्मचारीले अतिरिक्त सुविधा वा भत्ता पाउने कानुनी व्यवस्था नरहेको प्रहरीको भनाइ छ।

प्रहरीले आधिकारिक स्रोतबाट पुष्टि नगरी अनुमानका आधारमा समाचार तथा टिप्पणी प्रकाशन वा प्रसारण गर्दा आम नागरिकमा भ्रम सिर्जना हुनुका साथै सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने जनाएको छ। यस्ता अपुष्ट र तथ्यहीन सूचनाले प्रशासनिक प्रक्रियालाई समेत अनावश्यक रूपमा विवादित बनाउन सक्ने प्रहरीको भनाइ छ।नेपाल प्रहरीले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई कुनै पनि समाचार वा सूचना प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न आग्रह गरेको छ। साथै, जिम्मेवार र सत्यतथ्यमा आधारित सूचना सम्प्रेषण गर्न पनि अनुरोध गरेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अवि नारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा नागरिकलाई भ्रममा पार्ने खालका अपुष्ट सूचना नफैलाउन र आधिकारिक जानकारीलाई नै आधार बनाउन सबै पक्षलाई अनुरोध गरिएको छ।

May be an illustration of text

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्