सामुदायिक सेवा केन्द्र तारकेश्वरको अध्यक्षमा पुन देवकोटा चयन, २५ सदस्यीय कार्यसमिति र ११ सदस्यीय सचिवालय गठन

Sagarmatha Post
Sagarmatha Post १६ श्रावण २०८३, शनिबार
3 Min Read
Aa

काठमाडौं । साउन १६। सामुदायिक सेवा केन्द्र, तारकेश्वरको दोश्रो साधारण सभाले रामेश्वर देवकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । नेपालटार स्थीत कान्तिपुर एवि पार्टी प्यालेसमा आज भएको साधारण सभाले २५ सदस्यीय कार्यसमिति र ११ सदस्यीय सचिवालय गठन गरेको छ । त्यस्तै साधारणसभाले एक जना संरक्षक र ११ जना सल्लाहकार समिति समेत गठन गरेको छ ।

May be an image of ‎one or more people, people smiling and ‎text that says '‎م ททภ้าหลย aaah सामुद κώ น समरमाथा पोष्ट. समरमाथाोष्ट.. .Com www.sagarmathapost.cor ost. com‎'‎‎
जस अनुसार समितिको ११ सदस्यीय कार्यसमितिमा अध्यक्षः रामेश्वर देवकोटा,वरिष्ठ उपाध्यक्षः राजकुमार खड्का, उपाध्यक्षमा नारायणप्रसाद सापकोटा र इन्द्र गुरुङ, सचिवमा लक्ष्मण तिमिल्सिना, कोषाध्यक्षमा बालकुमारी आले, सह–सचिवमा बलराम धिताल र भरत अधिकारी, र सह–कोषाध्यक्षमा सोनी श्रेष्ठ चयन भएका छन् । कार्यसमितिको कार्यकारी सदस्यमा वासुदेव तिमिल्सिना र राधाकृष्ण खड्गी रहेका छन् । कार्यसमितिको अन्य सदस्यहरुमा मिरा महर्जन, प्रकाश कटुवाल, प्रकाश महर्जन, मिना थापा, आशिया विक, श्याम महर्जन, श्यामबाबु महर्जन, दिपेश थापा, निश्चल कोइराला, टंकनाथ गौतम, भुवन घिमिरे, राजु फुंयाल, रिता राई र बालकुमारी बगाले सदस्यमा चयन भएका छन् ।
त्यस्तै समितिको संरक्षक तथा सल्लाहकार समिति समेत चयन गरिएको छ । जस अनुसार संरक्षकमा रामेश्वर बोहरा, सल्लाहकारहरूमा डोलराज अर्याल, उद्धव बोगटी, पार्वती थापा, जगन्नाथ राजबाहक, रबिन थपलिया, पुकार तिमिल्सिना, राजन नेपाल, योगेन्द्र महतो, विवेक धिताल, सुन्दरश्याम खड्का र मनोज गजुरेल रहेका छन् ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गदै प्रहरी वृत्त बालाजुका प्रमुख डीएसपी यमलाल बञ्जाडेले समुदायको सहभागिताबिना शान्ति सुरक्षा सुदृढ हुन नसक्ने उल्लेख गर्दै सामुदायिक सेवा केन्द्रले अपराध नियन्त्रण, जनचेतना अभिवृद्धि तथा सामाजिक सद्भाव कायम गर्न खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। उहाँले प्रहरी र समुदायबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।संस्थाका संरक्षक रामेश्वर बोहराले दोस्रो साधारणसभाले संस्थालाई अझ सशक्त र व्यवस्थित बनाउने विश्वास व्यक्त गर्दै सबै सदस्यलाई एकताबद्ध भएर सामाजिक सेवामा सक्रिय हुन आग्रह गर्नुभयो।
तारकेश्वर नगरपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष राधाकृष्ण खड्गीले स्थानीय सरकार, प्रहरी र समुदायबीचको समन्वयले मात्र सुरक्षित समाज निर्माण सम्भव हुने बताउँदै सामुदायिक सेवा केन्द्रका गतिविधिमा नगरपालिकाको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
तारकेश्वर नगरपालिका वडा नं. ११ का सदस्य जगन्नाथ घिमिरेले समाजमा अनुशासन, सामाजिक उत्तरदायित्व र जनसहभागिता अभिवृद्धि गर्न सामुदायिक सेवा केन्द्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै दोस्रो साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो।
त्यसैगरी टंकप्रसाद अधिकारीले सामुदायिक सेवा केन्द्रले समाजमा सकारात्मक परिवर्तनका लागि उल्लेखनीय योगदान पु¥याएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

May be an image of dais and text that says 'નब्बबी संम ៨ ตัเเบต mal ㅁ ปรัหอม" सामुदायिक सेवा केन्द्र aHBPoK तारकेश्वर दोस्रो साधारण साघा सभा। रखान: ROL2/04 साम မလ स्ालेस समरमाथापयोष्ट. केश्वर समरमाथा पोष्ट. www sagarmathapost. com'
कार्यक्रमको प्रारम्भमा संस्थाका उपाध्यक्ष राजकुमार खड्काले स्वागत मन्तव्य राख्दै संस्थाको अभियानमा निरन्तर साथ र सहयोग पु¥याउने सबैप्रति आभार व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन संस्थाका सदस्य लक्ष्मण तिमिल्सीनाले गर्नुभएको थियो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्