जंगलमा बोराभित्र ३०–३२ वर्ष उमेरकी जस्तो देखिने महिलाको शव भेटियो,प्रहरी घटना स्थलमा

Sagarmatha Post
Sagarmatha Post २२ श्रावण २०८३, शुक्रबार
1 Min Read
Aa

हेटौंडा, साउन २२ – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोड नजिकको सामुदायिक वनमा सेतो बोराभित्र बाँधिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव काफ्लेका अनुसार शुक्रबार दिउँसो करिब २ बजे स्थानीयवासी च्याउ टिप्न वनमा जाँदा खाल्टोमा फालिएको सेतो बोराभित्र शव देखेपछि तत्काल इलाका प्रहरी कार्यालय पशुपतिनगरलाई जानकारी गराएका थिए।सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा डग (कुकुर) तथा अपराध अनुसन्धान (सोको) टोलीसहितको विशेष अनुसन्धान टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।प्रहरीले बोरा खोलेर हेर्दा हालसम्म पहिचान नखुलेकी करिब ३० देखि ३२ वर्ष उमेरकी जस्तो देखिने महिलाको शव फेला परेको हो। घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।प्रहरीले घटनाको प्रकृति, मृतकको पहिचान तथा मृत्युको कारणबारे अनुसन्धान तीव्र रूपमा अघि बढाएको जनाएको छ।

समाचारमा प्रयोग गरिएको तस्वीर एआईद्धारा निर्मित काल्पनीक तस्वीर हो । सं

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्