डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला, एक अझै बेपत्ता

Sagarmatha Post
Sagarmatha Post २७ श्रावण २०८३, बुधबार
1 Min Read
Aa

रौतहट । लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ। एक बालिका भने अझै बेपत्ता छन्।

मंगलबार दिउँसो नदीमा नुहाउन गएका एक बालक र दुई बालिका अचानक डुबेर बेपत्ता भएका थिए। बेपत्तामध्ये देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहम्मद रहमतुल्लाह र सोही स्थानकी १० वर्षीया सवनम खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

स्थानीयले नदीमा शव तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले घटनास्थल पुगेर शव बाहिर निकालेको हो।बेपत्ता भएकी अर्की बालिकाको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार फेला परेका दुवै शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ।नदीमा नुहाउने क्रममा तीन बालबालिका एकैपटक डुबेर बेपत्ता भएपछि घटनाले स्थानीय क्षेत्रमा शोक र त्रास फैलिएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्