रबिन थपलिया । काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तारकेश्वर नगरपालिका वडा नम्बर १० मा सम्पन्न वडा अधिवेशनबाट वडा कार्यसमिति सर्वसम्मत चयन भएको छ।
निर्वाचन परिणामअनुसार मनोज राई सभापति, विक्रम महर्जन उपसभापति र उर्मिला श्रेष्ठ न्यौपाने उपसभापति (महिला) चयन भएका छन्। त्यस्तै जमुना घिमिरे सचिव तथा जगन्नाथ आचार्य सह–सचिवमा निर्विरोध निर्वाचित भएका छन्।
वडा कार्यसमितिका सदस्यहरूमा कमला थापा, तोया कुमारी लामिछाने (असाती), भक्तमान महर्जन, शान्ता श्रेष्ठ, चिन्तना अधिकारी रिमाल र शोभा थपालिया चयन भएका छन्।
यसैगरी वडा नम्बर १० बाट २३ जना क्षेत्रीय प्रतिनिधि पनि निर्विरोध निर्वाचित भएका छन्। खुलातर्फ लक्ष्मण महर्जन, अमृत ओझा, बाबुराम पौडेल, नारायण कुमार मल्ल ठकुरी र माधव तिमिल्सिना चयन भएका छन्।
पेशागततर्फ बलराम राई, युवातर्फ प्रमिशा राई, रोशन विक्रम मल्ल ठकुरी र विक्रम महर्जन, समानुपातिकतर्फ सानु देवी महर्जन, श्याम काजी महर्जन, अर्जुन पौडेल, देव राज गौली, चन्द्रमणि अधिकारी र श्रीकृष्ण घले निर्वाचित भएका छन्।
त्यस्तै श्रमिकतर्फ बोधराज अधिकारी, अपाङ्गतातर्फ सपना खरेल, दलिततर्फ रत्न माया परियार, प्रजातान्त्रिक सेनानीतर्फ कुमार राई र कृष्णप्रसाद दुवाडी तथा महिलातर्फ शान्ता थपालिया, शोभा राना मगर र केशु राई सर्वसम्मत चयन भएका छन् । नवनिर्वाचीत कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरुलाई निवर्तमान कार्यसमितिका तर्फबाट सभापति कुमार राई, उपसभापति बाबुराम पौडेल र सचिब अच्युत ओझा लगायतले बधाई र सुभकामना दिए । सो अवसरमा नेपाली काँग्रेस बाग्मती प्रदेश सदस्य इन्द्रमान महर्जन र नेपाली काँग्रेस तारकेश्वर ९ की उपसभापति रत्म महर्जनले सो अवसरमा बधाई र सुभकामना दिनुभयो ।
मनोज राईको अध्यक्षतामा तारकेश्वर–१० मा कांग्रेसको वडा समिति सर्वसम्मत, को को निर्विरोध निर्वाचीत भए ?


प्रतिक्रिया दिनुहोस्