पूर्व जनप्रतिनिधि फोरम टोखाद्वारा स्मारिका विमोचन, शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना हुँदै

Sagarmatha Post
Sagarmatha Post २३ आश्विन २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । टोखा नगरपालिकामा २०७४ सालमा निर्वाचित पूर्व जनप्रतिनिधिहरूको साझा संस्था पूर्व जनप्रतिनिधि फोरम टोखा नगरपालिकाले स्मारिका विमोचन, शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।
फोरमको आयोजनामा आगामी असोज २५ गते आइतबार दिउँसो २ः१५ बजे टोखा नगरपालिका–७, टोखा रोडस्थित लर्ड पार्टी प्यालेसमा कार्यक्रम हुन लागेको हो।
नेपालीहरूको महान् पर्व विजयादशमी, शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदान, स्मारिका विमोचन तथा चियापान कार्यक्रम आयोजना गर्न लागिएको फोरमका अध्यक्ष उत्तम अधिकारीले जानकारी दिए।
कार्यक्रममा स्मारिका विमोचनसँगै विभिन्न क्षेत्रका व्यक्तित्व, पूर्व जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा शुभेच्छुकबीच भेटघाट र शुभकामना आदानप्रदान गरिने जनाइएको छ।
अध्यक्ष अधिकारीले कार्यक्रममा सहभागी हुन विभिन्न क्षेत्रका व्यक्तित्व तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूलाई निमन्त्रणा गरेका छन्।
फोरमले चाडपर्वको अवसरमा आपसी सद्भाव, भाइचारा र सामाजिक एकता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्