देउवा समूहको नेपाली कांग्रेस तारकेश्वर नगरसभापतिमा अर्याल, ३८ सदस्यीय कार्यसमिति चयन

Sagarmatha Post
Sagarmatha Post २३ आश्विन २०८३, शुक्रबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहअन्तर्गत तारकेश्वर नगरपालिकामा नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नवराज अर्यालको नेतृत्वमा ३८ सदस्यीय नगर कार्यसमिति चयन गरेको छ।

अधिवेशनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि, संविधानसभा सदस्य एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले गगन थापा समूहले गरेको विशेष महाधिवेशनका कारण नेपाली कांग्रेसले निर्वाचनमा नराम्रो पराजय भोग्नुपरेको टिप्पणी गर्नुभयो। उहाँले राजनीतिक परिस्थितिबाट विचलित नभई पार्टी संगठन निर्माणमा सक्रिय भएर लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो।

कार्यक्रममा डा। रामशरण थपलिया, नेपाली कांग्रेस क्षेत्र नं.६ का संयोजक एसके बस्नेत, क्षेत्र नं.७ का संयोजक मनोहरी तिवारी, कांग्रेस नेता कृष्णमान श्रेष्ठ, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य धर्मराज अर्याल, ट्रेड युनियन नेता राजु रानाभाटलगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी महाधिवेशन प्रतिनिधि द्वारिका महर्जन, नेपाल महिला संघ तारकेश्वरकी सभापति भुवनेश्वरी खतिवडा अर्याल, नेपाल किसान संघका केन्द्रीय सदस्य मनोज थापा तथा नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री सरोज थापालगायत नेता तथा कार्यकर्ताहरू कार्यक्रममा सहभागी भएका थिए।

कार्यक्रममा मनोज रानामगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्