जुवाको खालबाट १५ जना पक्राउ

Sagarmatha Post
Sagarmatha Post ७ कार्तिक २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-६ मुलपानी क्रिकेट ग्राउण्ड नजिक टहरामा जुवा (ओखर) खेलिरहेको अवस्थामा गोकर्णेश्‍वर नगरपालिका-६ नयाँबस्ती बस्ने नुवाकोट घर भएकी ३३ वर्षीया अन्जली पुडासैनी सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ८ सय ५५ रूपैयाँ र ओखर ११ थान सहित पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका-१७ बालग्राम बस्ने विनोद पोखरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय विक्रम गिरी सहित ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलिबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ३ सय १० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
डोल्पा, ठुलीभेरी नगरपालिका-७ जुफाल बजार बस्ने ४२ वर्षीय धनलाल बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा बोहरा समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जुफालबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ हजार ६ सय ३० रूपैयाँ, तास १ सय ५९ पत्ति र कौडा ४५ थान सहित पक्राउ गरेको हो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्