काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ः३० बजेपछि सुरु हुने खेलमा दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन् । सुदूरपश्चिमका लागि यो दोस्रो खेल हो भने पोखराले आज पहिलो खेल खेल्दैछ । सुदूरपश्चिम आफ्नो पहिलो खेलमा दोस्रो संस्करणको च्याम्पियन लुम्बिनी लायन्ससँग पराजित भएको थियो । त्यसैले आजको खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा सुदूरपश्चिम रहेको छ ।
यसअघि प्रतियोगिताअन्तर्गत भएका खेलमा चितवन राइनोज र कर्णाली याक्सले जित हासिल गरिसकेका छन् । मंगलबार भएका खेलमा चितवनले विराटनगर किङ्ग्सलाई तथा कर्णालीले जनकपुर बोल्ट्सलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेका थिए । हालसम्मको अङ्क तालिकामा लुम्बिनी लायन्स पहिलो, कर्णाली याक्स दोस्रो र चितवन राइनोज तेस्रो स्थानमा रहेका छन् । आजको खेलमा जित हासिल गर्ने टोलीले आफ्नो स्थिति बलियो बनाउने अवसर पाउनेछ ।


प्रतिक्रिया दिनुहोस्