नेपाली कांग्रेस काठमाण्डौं क्षेत्र नं ६ ख ले भोली शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गर्ने

Sagarmatha Post
Sagarmatha Post २१ कार्तिक २०८३, शनिबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ख ले भोली शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ।

टोखा नगरपालिका–१ स्थित झरना पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

कार्यक्रम भोली कात्तिक २२ गते आइतबार बिहान ७ः३० बजे बाट सुरुहुने छ । कार्यक्रममा सक्रिय सहभागीता जनाउन सामाजिक सञ्जाल मार्फत नेपाली काँग्रेस क्षेत्र नं ६ ख का निवार्तमान सभापति एवं क्षेत्र नं ६ का सभापतिका उम्मेद्धवार बिष्णुभक्त तिमिल्सीनाले आग्रह गर्नुभयो ।

कार्यक्रमका आयोजक तथा सभापति रमेश कुमार लामिछानेले चाडपर्वले आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै कार्यक्रममा उपस्थितिका लागि सबैमा हार्दिक निमन्त्रणा गरेका छन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्