चाडपर्वको अवसरमा कांग्रेस काठमाण्डौं महानगर समितिले आज ‘सुकुन्दा र्‍याली’, गर्ने, र्‍यालीमा सभापति गगन थापा सहभागी हुने

Sagarmatha Post
Sagarmatha Post २१ कार्तिक २०८३, शनिबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले नेपाल संवत् ११४७ तथा शुभ दीपावलीको अवसरमा ‘सुकुन्दा र्‍याली’ आयोजना गर्ने भएको छ। र्‍यालीमा नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।

नेपाली कांग्रेस काठमाडौँ महानगर समितिको आयोजनामा हुने र्‍याली आगामी २०८३ मंसिर २१ गते शनिबार बिहान ८ बजे काठमाडौँ महानगरपालिका–२१ लगनटोलबाट सुरु हुनेछ।

नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको सम्मान तथा नेपाल संवत्को मौलिक सांस्कृतिक पहिचान र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले र्‍याली आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार र्‍याली लगन, ब्रह्मटोल, बटु, ह्युमत, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, काठमाडौँ, प्याफल, नरदेवी, किलागल, इन्द्रचोक, जुद्धशालिक, न्युरोड गेट हुँदै टेबाहालसम्म पुग्ने नेपाली काँग्रेस काठमाण्डौं महानगरपालिका वडा नं २६ का सभापति गणेश रिजालले बताउनुभयो । ।

नेपाल संवत् र नेवारी मौलिक संस्कृतिसँग जोडिएको सुकुन्दा र्‍यालीले सांस्कृतिक सम्पदाको संरक्षणसँगै सामाजिक एकता, सद्भाव र राष्ट्रिय पहिचानको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्