गगन थापासंग सभापतिमा प्रतिष्पर्धा गरेका श्यामकृष्ण खड्गीसहित कांग्रेसका चार केन्द्रीय सदस्यलाई तारकेश्वर–२ मा भव्य सम्मान

Sagarmatha Post
Sagarmatha Post २८ कार्तिक २०८३, शनिबार
6 Min Read
Aa

रबिन थपलिया । काठमाडौँ । नेपाली काँग्रेस तारकेश्वर नगरपालिका वडा नं २ को आयोजनामा काभ्रेस्थली ठाँटीकोडिलमा भव्य स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
खैँजडी भजनको मधुर धुन, परम्परागत बाजागाजाको गुञ्जन र मौलिक संस्कृतिको झल्कोसहित सुरु भएको नेपाली कांग्रेस तारकेश्वर नगरपालिका–२ को बधाई तथा सम्मान कार्यक्रम राजनीतिक एकता, आन्तरिक लोकतन्त्र र सांस्कृतिक पहिचानको सन्देश प्रवाह गर्दै सम्पन्न भएको हो ।
शनिबार तारकेश्वर नगरपालिका–२ स्थित काभ्रेस्थली ठाँटी डिलमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा गगन थापासँग प्रतिस्पर्धा गरेका श्यामकृष्ण खड्गीसहित काठमाडौँ निर्वाचन क्षेत्र नं. ६ बाट केन्द्रीय नेतृत्वमा निर्वाचित चार जनालाई सम्मान गरिएको हो। सम्मानित हुनेमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू श्यामकृष्ण खड्गी, हरिप्रभा खड्गी, इन्जिनियर लक्ष्मण केसी र इन्जिनियर अभिषेक आत्रेय रहेका छन्।

May be an image of dais and text

May be an image of dais and textMay be an image of textकाँग्रेसले आयोजना गर्ने बिरलै कार्यक्रम मध्यको यस कार्यक्रम आयोजना स्थल नजिकै तारकेश्वर–२ को ठाँटीकोडिलमा रहेको ऐतिहासिक पिपलको रुखलाई खैँजडी भजन तथा परम्परागत बाजागाजासहित परिक्रमा गरेर सहभागीहरू कार्यक्रमस्थल पुगेका थिए । सोही अवसरमा स्थानीय कला, संस्कृति र परम्पराको जगेर्नामा निरन्तर योगदान पु¥याउँदै आएको ज्येष्ठ नारी खैँजडी भजन समूहलाई समेत सम्मान गरिएको थियो।

May be an image of text
कार्यक्रममा सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य श्यामकृष्ण खड्गीले पार्टीभित्र आन्तरिक लोकतन्त्र जीवन्त रहनुपर्नेमा जोड दिए। आफूले पार्टी सभापति पदमा गगन थापासँग प्रतिस्पर्धा गर्नु पनि लोकतान्त्रिक अभ्यासकै हिस्सा भएको उल्लेख गर्दै उनले १५औँ महाधिवेशनले नेतृत्व चयनसँगै पार्टी संगठनलाई थप गतिशील बनाएको बताए।
वडा उपसभापतिबाट राजनीतिक यात्रा सुरु गरेर दुई कार्यकाल क्षेत्रीय सभापति, जिल्ला सहसचिवलगायतका जिम्मेवारी निर्वाह गर्दै केन्द्रीय सदस्यसम्म पुग्नुमा स्थानीय कांग्रेसजनको महत्त्वपूर्ण योगदान रहेको स्मरण गर्दै खड्गीले आगामी दिनमा पनि आफू स्थानीय नेता तथा कार्यकर्तासँगै रहेर पार्टी संगठन सुदृढीकरणमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

May be an image of text

नवनिर्वाचित केन्द्रीय सदस्य इन्जिनियर लक्ष्मण केसीले नेपाली कांग्रेस लोकतन्त्रको पर्यायका रूपमा स्थापित पार्टी भएको उल्लेख गर्दै विकास र समृद्धिका लागि राजनीतिक एकता आवश्यक रहेको बताए। उनले काठमाडौँको विकास निर्माणलाई गति दिन र आगामी स्थानीय निर्वाचनमा पार्टीलाई सफल बनाउन सबै नेता तथा कार्यकर्ता एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे।
त्यसैगरी, अर्का नवनिर्वाचित केन्द्रीय सदस्य इन्जिनियर अभिषेक आत्रेयले कांग्रेसको समावेशी विधान र व्यवस्थाका कारण आफूजस्ता ३५ वर्षमुनिका युवाले पहिलोपटक केन्द्रीय सदस्य बन्ने अवसर पाएको बताए। आफूलाई निर्वाचित गराउन सहयोग गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै उनले पार्टीमा युवा सहभागिता र प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

May be an image of one or more people and text
कांग्रेस काठमाडौँ क्षेत्र नं. ६ का क्षेत्रीय सभापति ख्यामराज तिवारीले राजनीतिक नेतृत्व पदकेन्द्रित नभई जनताकेन्द्रित हुनुपर्ने बताए। १५औँ महाधिवेशनले पार्टीभित्रका गुट–उपगुटको प्रभाव अन्त्य गर्दै नयाँ राजनीतिक ऊर्जा सञ्चार गरेको उल्लेख गर्दै उनले अब नेताहरू जनताका समस्या र आवश्यकतासँग प्रत्यक्ष जोडिनुपर्ने धारणा राखे।

May be an image of flute and textकांग्रेस बागमती प्रदेश कार्यसम्पादन समिति सदस्य इन्द्रमान महर्जनले नेपाली कांग्रेसको ऐतिहासिक विरासत र गरिमा जोगाउन पार्टीभित्रको एकता अपरिहार्य रहेको बताए। आन्तरिक एकता बलियो भए अन्य राजनीतिक शक्तिसँग प्रतिस्पर्धा गर्न कांग्रेसलाई कुनै कठिनाइ नहुने उनको भनाइ थियो।
कांग्रेस क्षेत्र नं. ६ (ख) का सभापति रमेशकुमार लामिछानेले पार्टीलाई विभाजनतर्फ नभई एकताको बाटोमा अघि बढाउनुपर्नेमा जोड दिए। निर्वाचनमा मात्र नभई नागरिकका सुखदुःखमा समेत कांग्रेस सधैँ साथमा उभिनुपर्ने उनको भनाइ थियो।

May be an image of one or more people and text

क्षेत्र नं. ६ (ख) का पूर्वसभापति विष्णुभक्त तिमिल्सेनाले पनि आगामी निर्वाचनमा सफलता हासिल गर्न कांग्रेसका नेता तथा कार्यकर्ताबीच आपसी समझदारी र एकता आवश्यक रहेको बताए।

May be an image of one or more people and text
कांग्रेस तारकेश्वर नगर सभापति श्यामकृष्ण सापकोटाले महाधिवेशनपछि संगठन निर्माण र निर्वाचनको तयारी थप चुनौतीपूर्ण बनेको बताए। तारकेश्वरमा यसअघि कांग्रेसले हासिल गरेको दुईतिहाइको विजयलाई आगामी स्थानीय निर्वाचनमा समेत निरन्तरता दिन सबै नेता, कार्यकर्ता र शुभेच्छुकको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ थियो।

May be an image of one or more people and textतारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले पार्टीभित्रका असन्तुष्टि, गुनासा र मतभेदलाई निर्वाचनको मुखमा होइन, समयमै सम्बोधन गर्नुपर्ने बताए। निर्वाचनका बेला आफ्नै पार्टीभित्रबाट असहयोग हुने अवस्था आए त्यसले ठूलो राजनीतिक क्षति पु¥याउन सक्ने उनको धारणा थियो। विदेशको जस्तै विकास र समृद्धि चाहने हो भने नागरिकले पनि विदेशमा जस्तै सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नुपर्ने उनले बताए।
कार्यक्रममा नेकपा एमालेका प्रतिनिधि अर्जुन भण्डारीले फरक राजनीतिक विचार र आस्थाका व्यक्तिहरूलाई समेत सहभागी गराएर कार्यक्रम आयोजना गर्नु सकारात्मक राजनीतिक संस्कार भएको बताए। उनले आयोजकलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमले आपसी सद्भाव र सहकार्यको वातावरण निर्माण गर्ने धारणा राखे।

May be an image of one or more people and text
तारकेश्वर नगरपालिका–२ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता राधाकृष्ण खड्गीले आफ्नो कार्यकालमा पार्टी र जनप्रतिनिधिको मर्यादामा आँच पुग्ने कुनै अनुचित काम नगरेको दाबी गरे। वडाको विकास निर्माण तथा जनताको सेवामा सक्दो योगदान गरेको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा व्यक्तिगत स्वार्थ पूरा नभएका कारण आफूविरुद्ध नकारात्मक प्रचार भइरहेको आरोप लगाए। अनावश्यक हल्ला र प्रचारको पछि नलाग्न वडावासीलाई आग्रह गर्दै उनले जनताको हकहित र वडाको विकासका लागि निरन्तर काम गरिरहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा कांग्रेस बागमती प्रदेश सदस्य हरिहर अधिकारी, तारकेश्वरका कांग्रेस नेता श्रीराम थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमका सभापति तथा कांग्रेस तारकेश्वर–२ का वडा सभापति रमेश फुँयालले स्वागत मन्तव्य राख्दै क्षेत्र नं. ६ बाट चार जना केन्द्रीय सदस्य निर्वाचित हुनु र आफ्नै वडाबाट पार्टीको केन्द्रीय सभापति पदका प्रत्यासीसमेत तयार हुनु गौरवको विषय भएको बताए। नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई आफ्नै वडामा स्वागत तथा सम्मान गर्न पाउँदा वडा कार्यसमिति अत्यन्त हर्षित र गौरवान्वित भएको उनले उल्लेख गरे।
सो अवसरमा तारकेश्वर–२ का संस्थापक वडा सभापतिदेखि पूर्वसभापतिहरूसम्मलाई समेत सम्मान गरिएको थियो। कार्यक्रममा कांग्रेस टोखा नगर सभापति उत्तम अधिकारीसहित पार्टीका जिल्ला, प्रदेश, क्षेत्र, नगर तथा वडा तहका नेता–कार्यकर्ता र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन तारकेश्वर नगरपालिका–२ का वडा उपसभापति राजु फुँयाल र कांग्रेस क्षेत्र नं. ६ (ख) का सचिव विक्रम खड्गीले संयुक्त रूपमा गरेका थिए।

May be an image of one or more people, temple and text

May be an image of one or more people and text

May be an image of one or more people, temple and text

May be an image of one or more people, temple and text

May be an image of one or more people, crowd and textMay be an image of one or more people, crowd and textghgh

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्