कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Sagarmatha Post
Sagarmatha Post २८ कार्तिक २०८३, शनिबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । नेपाली मौलिक रीतिरिवाज, चाडपर्व, संस्कार र संस्कृतिको संरक्षणसँगै कपडा तथा सिलाइ व्यवसायीहरूको पहिचान र व्यावसायिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।

विजयादशमी, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शनिबार काठमाडौंको चाबहिलस्थित ए वान पार्टी भेन्युमा आयोजित कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठसहित केन्द्रीय तहका विशिष्ट व्यक्तित्व तथा व्यवसायीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न चाडपर्वको शुभकामना आदानप्रदानसँगै कपडा तथा सिलाइ व्यवसायमा आबद्ध उद्यमी व्यवसायीहरूबीच आपसी सद्भाव, एकता र सहकार्यको भावना अभिवृद्धि गर्ने विषयमा जोड दिइएको थियो।

कार्यक्रमबारे जानकारी दिँदै राष्ट्रिय महिला उद्यमी समितिकी केन्द्रीय सदस्य एवं काठमाडौं जिल्ला सचिव नैना कार्कीले नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै कपडा तथा सिलाइ व्यवसायीहरूको परिचय र पहिचान स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

उहाँले यस्ता कार्यक्रमले व्यवसायीहरूबीच आपसी सम्बन्ध विस्तार, अनुभव आदानप्रदान तथा व्यावसायिक एकता मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

महासंघले नेपाली रीतिरिवाज, चाडपर्व, संस्कार र संस्कृतिको जगेर्ना गर्दै सम्पूर्ण कपडा तथा सिलाइ उद्यमी व्यवसायीहरूको व्यावसायिक पहिचान स्थापित गर्ने लक्ष्य अघि सारेको छ। साथै व्यवसायीहरूको हकहित, सम्मान र व्यावसायिक विकासका लागि सामूहिक सहकार्यलाई प्राथमिकता दिँदै आएको छ।

कार्यक्रमले चाडपर्वको उल्लाससँगै कपडा तथा सिलाइ व्यवसायमा आबद्ध उद्यमीहरूबीच आत्मीयता, सद्भाव र संगठनात्मक एकताको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्