रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिकामा बेरुजु घटेको छ ।
महालेखा परिक्षकको कार्यालयको ६१ औ प्रतिबेदनमा तारकेश्वर नगरपालिकामा गत आ.व मा खर्च भएको कुल बजेटको ०.६१ प्रतिशत बेरुजु रहेको छ । महालेखाको प्रतिबेदन अनुसार तारकेश्वर नगरपालिकामा गत आ.व मा ३ अर्ब ९० करोड ३ लाख २ हजार ४ रुपयाँको लेखा परिक्षण भएकोमा २३ लाख ५ हजार ४ सय रुपयाँ बेरुजु देखिएको छ । बेरुजु देखिएका मध्य धेरै जसो कागजी त्रुटीका कारण बेरुजु देखिएका छन् ।
महालेखाको प्रतिबेदन अनुसार काठमाण्डौ जिल्लाका ११ स्थानीय तह मध्य सबै भन्दा कम बेरुजु नागार्जुन नगरपालिकाको रहेको छ । नागार्जुन नगरपालिकाको ०.०८ प्रतिशत मात्र बेरुजु छ । बेरुजु कम गर्ने काठमाण्डौंको दोश्रो नगरपालिका तारकेश्वर रहेको छ । तारकेश्वरमा ०.६१ प्रतिशत बेरुजु छ । तेश्रो नम्बरमा काठमाण्डौं महानगरपालिका रहेको छ । महानगरको १.११ प्रतिशत बेरुजु रहेको छ । त्यस्तै शंकरापुर नगपालिकामा १.१७, चन्द्रागिरी नगरपालिकामा १.३४, कृतिपुर नगरपालिकामा १.४८, टोखा नगरपालिकामा १.४९, बुढानीलकण्ठमा १.९८, कागेश्वरी मनहरा नगरपालिकामा १.९९, दक्षिणकाली नगरपालिकामा ३.७ र सबै भन्दा बढी गोकणेश्वर नगरपालिकामा ३.५९ प्रतिशत बेरुजु रहेको महालेखा परिक्षकको ६१ औं प्रतिबेदनमा उल्लेख गरिएको छ ।
तारकेश्वर नगरपालिकाका लेखा प्रमुख खिलानाथ बास्कोटाले तारकेश्वरमा आर्थिक मितव्यीता अपनाउन लागि परेको बताँउदै आगामी बर्ष अझै बेरुजु कमी आउने बताउनुभयो ।
हेर्नुहोस महालेखाको प्रतिबेदन



प्रतिक्रिया दिनुहोस्