मेघ गर्जनसहित आज यी स्थानमा वर्षा हुने, कस्तो छ आज देशभरको मौसमी बिबरण ?

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ जेष्ठ २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश एक–दुईस्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।शुक्रबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागका  एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्