नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) को अध्यक्षमा कुमारमणी थपलिया निर्वाचीत, को–को निर्वाचीत भए ?

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ जेष्ठ २०८१, शनिबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) को अध्यक्षमा कुमारमणी थपलिया बिजयी हुनुभएको छ ।
नाटाको हिजो सम्पन्न निर्वाचनबाट थपलिया २७६ मत सहित बिजयी हुनुभएको हो । अध्यक्षका प्रत्यासी प्रमोद दाहालले १०५ मत मात्र प्राप्त गर्नुभयो । नाटाको सदस्य, कोषाध्यक्ष, महासचिब हुंदै थपलिया अध्यक्षमा निर्वाचीत हुनुभएको हो ।
नाटामा सर्व सम्मत नेतृत्व चयनका लागि प्रयास भएपनि अध्यक्ष, महासचिब र ८ जना सदस्यहरुको लागि मतदान भएको थियो । बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिब,कोषाध्यक्ष र सहकोषाध्यक्षमा भने सर्वसम्मत चयन गरिएको छ ।
नाटाको बरिष्ठ उपाध्यक्षमा जिस्वाँ तुलाधर श्रेष्ठ, उपाध्यक्षमा घनश्याम घिमिरे, सचिबमा बिष्णु पाण्डे, कोषाध्यक्षमा शुरेस अंगाई र सह कोषाध्यक्षमा एकनाथ काफ्ले निर्विरोध निर्वाचीत हुनुभयो । महासचिब पदका लागि भएको निर्वाचनमा युविका भण्डारी २४३ मत सहित निर्वाचीत हुनुभयो । महासचिब पदका प्रत्यासी अमृत कुमार ढकालले १३६ मत सहित उपबिजेता बन्नुभयो ।
सदस्यहरुमा राम शोभीत नायक, श्रदा जोसी, कृष्ण प्रसाद ढकाल, बिदुर प्रसाद खतिवडा, सुदर्शन पौडेल, कृष्णप्रसाद ढकाल, बिजय रिजाल र रामकुमार प्याकुरेल निर्वाचीत हुनुभयो । निर्वाचीत नयाँ कार्यसमितिहरुलाई सगरमाथा पोष्टको तर्फबाट हार्दिक बधाई र सुभकामना ।

May be an image of 16 people and text

May be an image of the Western Wall and text

May be an image of the Western Wall and text

dfgdf

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्