तारकेश्वर नगरपालिकामा ६२.५५ प्रतिशत बजेट खर्च

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ असार २०८१, बिहीबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकामा चालु आ.व २०८०/८१ मा बिनियोजीत कुल बजेट मध्य ६२.५५ प्रतिशत बजेट खर्च भएको छ ।
नगरपालिकामा आर्थिक बर्ष २०८०/८१ मा १ अर्ब ५७ करोड २० लाख रुपयाँ खर्च भएको तारकेश्वर नगरपालिकाको लेखा शाखा प्रमुख खिलानाथ बास्कोटाले बताउनुभयो । नगरपालिकामा चालु तर्फ ७६.५४ र पुँजीगत तर्फ ५६.२६ प्रतिशत रकम खर्च भएको छ । गत आर्थिक बर्षको तुलनामा पुँजीगत तर्फको खर्च कम भएको देखिएपनि पुँजीगत तर्फ काठमाण्डौं महानगरपालिको भन्दा तारकेश्वर नगरपालिकाले बढी खर्च गरेको छ ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्