त्रिशूली नदीमा दुई यात्रुसहितको बेपत्ता बस : सोनार क्यामरा प्रयोग गरी घटनास्थलदेखि नारायणी नदीसम्म खोजीगर्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० असार २०८१, आईतवार
2 Min Read
Aa
चितवन पहिरो – नेपाली सेनाद्वारा उद्धार कार्य जारी चितवन, २८ असार ः चितवनको महानगरपालिका–२९ नारायणगढ – मुग्लिन सडक खण्डको सिमलतालमा वीरगन्जबाट काठमाडौँतर्फ आइरहेको र काठमाडौँबाट गौरतर्फ गईरहेको यात्रुबाहक बस पहिरोमा पर्दा यात्रु खोजीमा परिचालन एवं उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा स्थानीय । तस्बिर सौजन्य ः नेपाली सेना÷रासस चितवन पहिरो – नेपाली सेनाद्वारा उद्धार कार्य जारी चितवन, २८ असार ः चितवनको महानगरपालिका–२९ नारायणगढ – मुग्लिन सडक खण्डको सिमलतालमा वीरगन्जबाट काठमाडौँतर्फ आइरहेको र काठमाडौँबाट गौरतर्फ गईरहेको यात्रुबाहक बस पहिरोमा पर्दा यात्रु खोजीमा परिचालन एवं उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा स्थानीय । तस्बिर सौजन्य ः नेपाली सेना÷रासस

त्रिशूली नदीमा दुर्घटना भई बेपत्ता भएको दुई यात्रुसहितको बस खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालका ९० जनाको सुरक्षा फौज परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ गोताखोरसहित ४५ जनाको टोलीले सोनार क्यामरा प्रयोग गरी घटनास्थलदेखि नारायणी नदीसम्म खोजी कार्य गर्नेछ । त्यस्तै, अर्को सर्च टोलीले यसअघि प्रयोग भएका विभिन्न डिभाइसहरूको प्रयोग गरी घटनास्थलदेखि एक किलोमिटर तल तथा (भरतपुर महानगरपालिका–१६ स्थित देवघाटदेखि ज्ञानेश्वर सामुदायिक वनसम्म) खोजी कार्य गर्ने सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

त्यसैगरी नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको सुरक्षा फौज घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म र्‍याफ्टिङ बोट र नदी किनारामा पैदलगस्ती गर्दै खोजी कार्यको लागि परिचालन भएको छ । अविरल वर्षाको कारण नदीमा आएको भेल र धमिलो पानीले गर्दा सोनार क्यामरा र अन्य डिभाइसहरूको प्रयोग गर्दा समेत बेपत्ताहरूको खोजीकार्य गर्न असहज भएको बताइएको छ । यी डिभाइसहरूले सफा पानी तथा ताल र पाखेरीमा जमेको पानीमा खोजीकार्यको लागि प्रयोग गरिन्छ ।

शुक्रबार बेपत्ता भएको बस तथा यात्रुहरूको खोजीको लागि खटिएको सुरक्षा फौजले तीन वटा शव फेला पारेको थियो । खोजीकार्यमा नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित छन् । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका–२९, सिमलतालबाट त्रिशूली नदीमा खसेको थियो ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्