भानुभक्त मेमोरियस विद्यालयले भानु जयन्ती तथा वार्षिक उत्सव मनायो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० असार २०८१, आईतवार
2 Min Read
Aa

काठमाडौं, आदिकवि भानुभक्तको २११ औं जन्म जयन्ती मनाउने क्रममा काठमाण्डौ पानीपोखरी स्थित भानुभक्त मेमोरियल विद्यालयले पनि विभिन्न कार्यक्रम गरी मनाएको छ । विद्यालयले आफ्नो ५९ औं स्थापना दिवस तथा २११ औं भानु जयन्ती मनाएको हो । प्रथम चरणको कार्यक्रम अन्तर्गत विहान विभिन्न बाजागाजा, झाँकी सहित नगर परिक्रमा गरी सम्पन्न गरेको थियो ।
त्यसै गरी विद्यालय प्राङ्गणमा वृहद् रक्त दान कार्यक्रम सम्पन्न गर्‍यो जसमा ३८ जनाले रक्त दान गरेका थिए । तेस्रो चरणको मञ्चको कार्यक्रम अन्तर्गत एस्.ई.ई.उत्तीर्ण तथा भूपु शिक्षक सम्मान कार्यक्रम वा दीर्घ सेवा सम्मान कार्यक्रम भएको थियो जसमा कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन स्कुल तथा कलेजका विद्यार्थीले बिच बिचमा नृत्य ,संगीत , गायन कला प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यमा रात्री भोजको आयोजना समेत गरेको थियो ।
कार्यक्रम मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाको प्रमुख आतित्थ्यमा भएको थियो ,प्रमुख अतिथिको मन्तव्यको क्रममा कोइरालाले अंक गणितको हिसाव संगै विशेषता सीप सिकाइमा जोड दिनुपर्ने सारगर्भित प्रेरक भनाइ राखेका थिए । कार्यक्रममा कम्बोडिया सरकारका एकेडेमिक एड्‌भाइजर तथा नेफुरका प्रा। डा। श्रीराम भगत माथे पूर्व उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष डा. राजेशकाजी श्रेष्ठ लगायत विभिन्न लब्ध प्रतिष्ठित व्यक्तिहरुको समेत उपस्थिति थियो ।
कार्यक्रम सञ्चालन निर्मल निरौला र वन्दना श्रेष्ठले गरेका थिए भनें सो कार्यक्रमको सभापतित्व विद्यालयकी प्रधानाध्यापक ईश्वरी ढुङ्गानाले गरेकी थिइन् ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्