काठमाडौँ । बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वासको मत पाएका छन् । मंगलबार बागमती प्रदेश सभा बैठकबाट मुख्यमन्त्री लामाले विश्वासको मत पाएका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका लामाको पक्षमा ६४ मत परेको छ भने विपक्षमा ३५ मत खसेको छ । प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाले विश्वासको मतको विपक्षमा मतदान गरेको छन् भने नेमकिपा तटस्थ बसेका हुन् । सदनमा दुई सिट रहेको हाम्रो नेपाली पार्टी (हानेपा) को सांसदहरु भने बैठकमा उपस्थित नै भएनन् ।गत मंगलबार मुख्यमन्त्री नियुक्त भएका लामाले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिएका हुन् । ११० सदस्यीय बागमती प्रदेश सभामा सरकारलाई बहुमत पुग्न ५६ सांसदको समर्थन आवश्यक हुन्छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई विश्वासको मत प्राप्त


प्रतिक्रिया दिनुहोस्