भारतीय विदेश सचिव विक्रम मिस्री आइतबार (आज) नेपाल आउँदै

Sagarmatha Post
Sagarmatha Post २७ श्रावण २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री आइतबार (आज) नेपाल आउँदैछन्। परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा मिस्री दुईदिने नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी सोमबारसम्म नेपालमा रहनेछन्। भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। ‘विदेश सचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्दछ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्