डेंगी संक्रमणबाट २ जनाको मृत्यु

Sagarmatha Post
Sagarmatha Post २८ श्रावण २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं । झापा र तनहुँमा डेंगी संक्रमणबाट २ जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका अनुसार डेंगी संक्रमणबाट झापामा एक महिला र तनहुँमा एक पुरुषको मृत्यु भएको हो। महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले केही दिनअघि डेंगी संक्रमणबाट झापामा ४० वर्षीया महिलाको मृत्यु भएको जानकारी दिए। त्यसअघि तनहुँको दमौलीका ५० वर्षीय पुरुषको पनि डंगी संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ। गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय भन्दा धेरैमा डेंगी संक्रमण पुष्टि भइसकेको छ। नेपालका ७३ जिल्लामा डेंगी संक्रमण फैलिएको महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा मात्रै दुई सय ८७ जनामा डेंगी संक्रमण देखिएको छ। गत वर्ष नेपालमा डेंगी संक्रमणबाट २० जनाको मृत्यु भएको थियो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्