दुई महिना यता बाढी, पहिरो लगायतका विपद्‍मा परी १७३ जनाको मृत्यु

Sagarmatha Post
Sagarmatha Post २९ श्रावण २०८१, मंगलवार
2 Min Read
Aa

काठमाण्डौं ।  अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म १७३ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले बुलेटिन निकाल्दै गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म १७३ जनाको मृत्यु जानकारी दिएका हुन् ।

बुलेटिन अनुसार बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडाँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा सात जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १७३ जनाको मृत्यु भएको छ । साथै काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५४ जना र सुदूरपश्‍चिम प्रदेशमा २८ जना गरी जम्मा २२३ जना घाइते भएको बुलेटिनमा उल्लेख छ । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको जनाइएको छ ।

साथै काठमाडौँ उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा तीन जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्‍चिम प्रदेशमा पाँच जना गरी जम्मा ११३ जनाको उद्दार गरिएको बुलेटिनमा जनाएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा दई जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्‍चिम प्रदेशमा एक जना गरी ४८ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी कार्यलयले जनाएको छ ।

बाढीको कारण जम्मा ३८४ घर डुबानमा परेका छन् । २७५ वटा घर, १४ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ८१२ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट चार हजार ३२२ घर परिवार विस्थापित भएका छन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्