गट्ठाघरमा ट्राफिकले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

Sagarmatha Post
Sagarmatha Post ३१ श्रावण २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं । भक्तपुरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । बिहीबार दिउँसो गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई पछाडिबाट ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तर, सनाखत हुने भैसकेको छैन । ट्राफिक प्रहरीले बा ४९ प ८९४४ नम्बरको स्कुटर रोकेर चेकजाँच गरिरहेको थियो । तीव्र गतिमा आएको ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर २० मिटर परसम्म घिसारेर लगेको थियो । अहिले दुर्घटना स्थलमा ठूलो भिड जम्मा भएको छ । भीडकै कारण ट्रकले घिसारेर किचिरहेको शव निकाल्न लगिएको क्रेन फर्काइएको छ भने भीडले प्रहरीको विरोध गरिरहेको छ । सो क्रममा केही सवारीसाधनमा तोडफोडसमेत गरिएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्