मानसिंह धर्म मा.वि को भौतिक संरचना निर्माणका लागि भारतीय सहयोग उपलव्ध गराउने प्रतिबद्धता

Sagarmatha Post
Sagarmatha Post १ भाद्र २०८१, शनिबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । साउन ३१। । तारकेश्वर नगरपालिकाको सर्वाधीक विद्यार्थी अध्ययन गर्ने तारकेश्वर नगरपालिका वडा नं १० स्थीत मानसिंह धर्म मा.वि मा भौतिक संरचना निर्माणका लागि भारतीय सहयोग जुटाउने प्रतिबद्धता व्यक्त भएको छ ।
नेपाल भारत विज्ञ युग प्रसाद शर्मा धमलाको पहलमा नेपाल भ्रमणमा रहनु भएका भारतको मुम्बईमा लामो समय देखि बसोबस गदै आउनु भएका नेपाली कामगार सेना भारतका राष्ट्रिय अध्यक्ष, समाजसेवी एवं बाला साप ठाँक्रेका प्रमुख पुजारी मास्टर थापा र भारतका केन्द्रीय मन्त्रीका स्वकीय सचिब घनश्याम डि चिरन्कार ले मानसिंह धर्म मा.वि को अवलोकन गदै विद्यालयको भौतिक संरचना र अन्य कामका लागि भारतीय सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
विद्यालयको अवलोकन गदै बाला साप ठाँक्रेका प्रमुख पुजारी मास्टर थापाले सिमित भौतिक श्रोत साधनका बिच विद्यालयले गरेको प्रगति निकै प्रशंसनीय रहेको बताँउदै विद्यालयको भौतिक संरचनाका लागि भारतीय सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भारतको मुम्बईमा लामो समय देखि बसोबास गदै आउनु भएका थापाले भारतमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गदै आउनुभएको छ ।
सो अवसरमा वडा नं १० का अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार राई, व्यवस्थापन समितिका सदस्यहरु राजु रानाभाट, प्रधानाध्यापक केदार प्रसाद गजुरेलले विद्यालयका बिभिद समस्याहरुको बारेमा जानकारी गराँउदै त्यसका निम्ती सहयोग गरिदिनुहुन आग्रह गर्नुभएको थियो ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य मान बहादुर महर्जन, पुर्व विद्यार्थी एवं नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ प्रदेश ख का सहसचिब हिरालाल महर्जन, विश्व हिन्दु महासंघ नेपाल तारकेश्वर १० का अध्यक्ष केदार रिजाल, सचिब चन्द्र अधिकारी, स्वामी राम बाबा लगायत विद्यालयका शिक्षक, कर्मचारीहरु लगायतको उपस्थीति रहेको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्