रबिन थपलिया । काठमाण्डौं । भाद्र २ । रिपब्लीकन फाउण्डेसन नेपालको नयाँ कार्यसमिति चयन गरिएको छ । रिपब्लीकन फाउण्डेसन नेपालका प्रमुख संरक्षक घनश्याम चिरंकरको उपस्थीतिमा काठमाण्डौंमा आयोजीत कार्यक्रममा पत्रकार, गायक तथा समाजसेवी शान्त बहादुर शाक्यको नेतृत्वमा फाउण्डेसन पुनरगठन गरिएको हो ।
फाउण्डेसनको बरिष्ठ उपाध्यक्षमा उर्मिला कुमारी बस्नेत भण्डारी, उपाध्यक्षमा सम्राट थापा, सचिबमा प्रमेश श्रेष्ठ, सह सचिबमा कबिता बतौला, कोषाध्यक्षमा मञ्जु बोगटी र सह कोषाध्यक्षमा सरला गुरुड चयन भएका छन् ।
त्यस्तै फाउण्डेसनको सदस्यहरुमा देवकुमारी खड्गी, सरस्वती महर्जन, रमिला तुलाधर र भबानी भट्टराई चयन भएका छन् ।
फाउण्डेसनको प्रमुख संरक्षकमा भारतका सामाजिक न्याय केन्द्रीय मन्त्री रामदास आठवले,फाउण्डेसनको प्रमुख सल्लाहकारमा घनश्याम चिरंकर,दिपक सिलवाल, मोहन राज भट्टराई र सरस्वती मानन्धर चयन भएका छन् भने फाउण्डेसनको बरिष्ठ सल्लाहकारमा राजु श्रेष्ठ र प्रकाश कंडेल चयन भएको फाउण्डेसनका नेपाल प्रमुख शान्त बा शाक्यले जानकारी दिनुभयो ।
रिपव्लीकन फाउण्डेसन नेपालको नयाँ कार्यसमिति चयन


प्रतिक्रिया दिनुहोस्