अभ्युदय ग्रुप अफ इन्भेष्टमेन्टका निर्देशक सुरेश मानसिहं कुँवर एसिया नेपाल इन्टनेशनल अवार्डबाट सम्मानित

Sagarmatha Post
Sagarmatha Post ४ भाद्र २०८१, मंगलवार
1 Min Read
Aa

बैंकक – अभ्युदय ग्रुप अफ इन्भेष्टमेन्ट प्रालिका निर्देशक सुरेश मानसिहं कुँवर एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’ बाट सम्मानित भएका छन् ।

शैली मिडिया नेटवर्क प्रालि को आठौं वार्षिकोत्सवको अवसरमा शनिबार बैंककमा आयोजना गरिएको एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’ अन्तर्गत सफल युवा व्यवसायी सम्मान सम्मान बाट प्रमुख अतिथि एनआरएनए थाइल्यान्डका अध्यक्ष भविन्द्र बस्नेतले कुँवरलाई सम्मान गरेका हुन् ।

सम्मानित जोशीला युवा कुँवर विगत १ दशकदेखि अत्यन्त निष्ठा र समर्पणका साथ काठमाडौं रियल इस्टेट, अभ्युदय ग्रुप अफ इन्भेष्टमेन्ट लगाएत निर्माण व्यवसायमा आबद्ध भई औधोगिक क्षेत्रको विकास र न्यानो कपडा वितरण अभियान्ता हुदै समाज प्रति उत्तरदायि भई विभिन्न संघसंस्थाहरु मार्फत तथा व्यक्तिगत रुपमा पनि उहाँ मानवसेवा, सामाजिक तथा धार्मिक कार्यमा रहेर व्यवसाय तथा समाज सेवामार्फत यहाँले पुर्‍याउँदै आउनु भएको छ।

कार्यक्रममा शैली मिडिया नेटवर्क प्रालि अध्यक्ष रामचन्द्र पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै सम्मान गरिएको बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्