नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ प्रदेश ख ले भाद्र १४ गते तिज कार्यक्रम गर्ने

Sagarmatha Post
Sagarmatha Post ७ भाद्र २०८१, शुक्रबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । भाद्र ७ । नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ प्रदेश ख बिगतका बर्ष झै यस बर्ष पनि यहि भाद १४ गते तिज विशेष कार्यक्रम गर्ने भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं १० स्थीत त्रिवेणी व्याङक्वेटमा विहान ११ बजे देखि कार्यक्रम आयोजना गरिएको नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ प्रदेश ख का सभापति बिष्णु भक्त तिमिल्सीनाले जानकारी दिनुभयो । कार्यक्रम विहान ११ बजे देखि साँझ सम्म चल्ने सभापति तिमिल्सीनाले बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्र देखि स्थानीय तह सम्मका नेता, कार्यकर्ता, सुभेच्छुक संस्थाका प्रतिनिधिहरु लगायत काँग्रेसलाई मायाँ गर्ने महिलाहरुको उपस्थीति रहने छ । साथै दिनभर बिभिन्न कलाकारहरुको साङगीतिक प्रस्तुती तथा निरन्तर दर खाने कार्यक्रम चल्ने सभापति तिमिल्सीनाले बताउनुभयो । नेपाली काँग्रेसप्रति आस्थावान सवैलाई तिज विशेष कार्यक्रमका सहभागीताका निम्ती प्रदेश सभापति तिमिल्सीनाले आग्रह समेत गर्नुभयो ।
तिमिल्सीना प्रदेश सभापतिमा चयन भए यता बिगत ७ बर्ष देखि तिज विशेष कार्यक्रम निरन्तर चल्दै आइरहेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्