नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट

Sagarmatha Post
Sagarmatha Post ९ भाद्र २०८१, आईतवार
2 Min Read
Aa

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज परिसूचक ७९ दशमलव ८८ अङ्कले घटेर दुई हजार आठ सय ९४ दशमलव ५७ को विन्दुमा कायम भएको हो ।  आज तीन सय ३३ कम्पनीको चार करोड २६ लाख ८६ हजार छ सय ४० कित्ता शेयर दुई लाख १८ हजार पाँच सय ७८ पटक खरिदबिक्री हुँदा रु १९ अर्ब ७४ करोड पाँच लाख ९३ हजार आठ सय बराबरको कारोबार भएको छ ।

लघुवित्त समूह एक दशमलव ०८ प्रतिशत बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लगानी समूह तीन दशमलव ८३, बैङ्किङ तीन दशमलव ३१, वित्त तीन दशमलव ५० र अन्य समूह तीन दशमलव ५५ प्रतिशतले बढेको छ । विकास बैङ्क दुई दशमलव ४४, होटल तथा पर्यटन दुई दशमलव ३८, जलविद्युत् तीन दशमलव ०४, जीवन बीमा दुई दशमलव ५०, उत्पादन तथा प्रशोधन एक दशमलव ९८, म्युचुअल फन्ड एक दशमलव ५९, निर्जीवन बीमा दुई दशमलव ३२ र व्यापार समूह एक दशमलव ७६ प्रतिशतले घटेको छ ।

बिन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने मन्दाकिनी हाइड्रोपावर लिमिटेड र १० दशमलव २५ प्रतिशत, कुमारी बैङ्क लिमिटेड डिभेञ्चर–८६ को शेयर मूल्य नौ दशमलव ०९ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा अपी पावर लिमिटेडको आज सबैभन्दा धेरै रु ८४ करोड ६८ लाख १७ हजार बराबरको २२ लाख ७८ हजार सात सय ८७ कित्ता शेयर किनबेच भएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्