महिला विद्यालयमा ड्रेस खरिदका लागि तारकेश्वरका नगरप्रमुख कृष्ण हरि महर्जनद्धारा आफ्नो सेवा सुविधाबाट १ लाख प्रदान

Sagarmatha Post
Sagarmatha Post १६ भाद्र २०८१, आईतवार
4 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । भाद्र १६ । । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले तिजको अवसरमा आफ्नो सेवा सुविधाबाट मनमैजु महिला विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ड्रेस खरिदका लागि एक लाख सहयोग गर्नुभएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत मनमैजु महिला विद्यालयमा आज आयोजीत विशेष कार्यक्रममा नगरप्रमुख कृष्ण हरि महर्जनले विद्यालयका प्रधानाध्यापक कल्पना सापकोटालाई एक लाखको चेक हस्तान्तरण गर्नुभयो । महिला विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको एउटै ड्रेसकोड होस भन्ने हेतुले नगरप्रमुखले आफ्नो सेवा–सुविधा कटाएर विद्यालयलाई उक्त रकम प्रदान गर्नुभएको हो । गत बर्ष तिजको अवसरमा महिला विद्यालयमा आयोजीत कार्यक्रममा सहभागी हुनुभएका नगरप्रमुख महर्जनले एउटै ड्रेसकोडका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । नगरप्रमुखले दिनुभएको उक्त रकमबाट मनमैजु महिला विद्यालयमा अध्ययनरत महिला विद्यार्थीहरुका लागि एउटै रंगको साडी र चोलो खरिद गरिने मनमैजु माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एवं वडा सदस्य उज्जवल अधिकारीले बताउनुभयो ।

May be an image of 6 people, dais and text
नगरप्रमुख महर्जनले निर्वाचीत भएर आएपछि आफ्नो कार्यकालमा प्राप्त तलब भत्ता सामाजिक कामका लागि खर्च गर्ने घोषणा गर्नुभएको थियो । त्यसयता नगरप्रमुखले आफ्नो तलब भत्ताबाट एकल महिलाको लागि सिलाईमेसीन, अपांगता भएका व्यक्तिहरुलाई खाध्यान्न र लत्ता कपडा लगायत सहयोग गदै आउनुभएको छ ।

May be an image of 5 people, flute, temple, dais and text
मनमैजु माध्यामिक विद्यालयमा आयोजीत कार्यक्रमलाई आज सम्बोधन गदै नगरप्रमुख कृष्ण हरि महर्जनले विद्यालयमा अध्ययन्रत महिलाहरुलाई पढनका लागि उत्प्रेरणा जगाउने अपेक्षा सहित तिजको अवसरमा उपहार स्वरुप साडी खरिदका लागि सहयोग गरिएको बताउनुभयो ।
महिला समुहहरुबाट तिजको अवसरमा नगरपालिकालाई साडी किनिदिनका लागि धेरै अनुरोध आउने गरेको बताँउदै नगरप्रमुख महर्जनले महिलहरुको अन्य संस्था भन्दा महिला विद्यालय फरक रहेकाले पोशाकका लागि सहयोग गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो “विद्यालयमा एउटै खाले ड्रेस भएमा त्यसलै छुट्टै सन्देश जान्छ साथै समयको व्यवस्थापन गरेर स्कुल आउन पनि उहाँहरुलाई उत्प्रेरणा जगाँउछ, त्यसैले मैले गतबर्ष गरेको प्रतिबद्धता अनुरुप आफ्नो सेवा सुविधाबाट सहयोग गरेको हुं”
नगरप्रमुख महर्जनले पढनका लागि उमेरले छेक्दैन भन्ने शन्देश सहित मनमैजु महिला विद्यालय देशकै नमुना विद्यालय बन्नेमा विश्वास व्यक्त गर्नुभयो ।

May be an image of 7 people, flute, temple and text
कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले मनमैजु महिला विद्यालयमा अध्ययन्रत महिलाहरुलाई यसै विद्यालयबाट एसईई परिक्षा सम्म सहभागी हुने व्यवस्था मिलाउन नगरपालिका लागि परेको बताउनुभयो ।
स्व मंगलादेवी सिंहले महिलाहरुको मतदानको अधिकार सहितका अधिकारहरुका लागि थालेको अभियानका कारण महिलाहरु चुलोचौकाबाट बाहिर निस्कीन सफल भएको बताँउदै उपप्रमुख अर्यालले स्व सिंहको देनकै कारण आफु जस्तै देशै भरका महिलाहरुले आर्थिक, सामाजिक र राजनैतिक अधिकार पाएको बताउनुभयो ।

May be an image of 5 people, flute and text
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ९ का अध्यक्ष श्यामकृष्ण महर्जनले मनमैजु महिला विद्यालयका लागि तारकेश्वर नगरपालिकाले गरेको सहयोग अतुलनीय रहेको बताँउदै नगरप्रमुख सहित विद्यालय व्यवस्थापन समितिका अध्यक्षको सहयोगका कारण दुई बर्षमा मनमैजु विद्यालयमा धेरै काम भएको बताउनुभयो ।

May be an image of 8 people, flute, temple, dais and text
कार्यक्रममा मनमैजु महिला विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष एवं वडा सदस्य उज्जवल अधिकारीले महिला विद्यालयलाई तारकेश्वरको मात्र नभएर देशकै नमुना महिला विद्यालय बनाउन लागि परेको बताँउदै उत्कृष्ट नतिजा ल्याउन योग्दान गर्ने शिक्षक र विद्यार्थीहरुलाई पुरस्कृति गरिने बताउनुभयो ।
व्यवस्थापन समितिले पर्दा पछाडी रहेर विद्यालय र नगरपालिका बिचको पुलको रुपमा काम गरिरहेको बताँउदै अध्यक्ष अधिकारीले महिला विद्यालयको विकासका लागि बजेको अभाव नहुने बताउनुभयो ।
सो अवसरमा विद्यालयमा अध्ययनरत महिलाहरुको फेसन सो, शन्देश मुलक नाटक, कबिता प्रस्तुत गरिएको थियो ।

May be an image of 11 people, flute, dais, temple and text

May be an image of 6 people and temple

May be an image of 4 people, flute and text

fgfg

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्