प्रतिनिधि सभा बैठक अवरोधपछि भदौ ३० गतेसम्मका लागि स्थगित

Sagarmatha Post
Sagarmatha Post २६ भाद्र २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौँ ।  प्रतिनिधि सभा बैठक आगामी भदौ ३० गतेसम्मका लागि स्थगित भएको छ । नेकपा माओवादी केन्द्रको अवरोधपछि बैठक सञ्चालन हुन नसकेको हो । यसअघि गत भदौ १२ गते संसद्मा सम्बोधन गर्ने क्रममा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्द असंवैधानिक नदेखिएको र रेकर्डबाट हटाउन नपर्ने सभामुख देवराज घिमिरेले घोषणा गरे । त्यसलगत्तै प्रतिपक्षी दल माओवादी केन्द्रले गरेको अवरोधका कारण संसद् बैठक स्थगित गर्नुपरेको हो । नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरूबीच केहीबेर संसद्मा भनाभनको अवस्था बनेको थियो । त्यसपछि सभामुखले अर्को बैठक भदौ ३० गते बस्ने जानकारी गराउँदै आजको बैठक स्थगित भएको घोषणा गरे ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्