रबिन थपलिया । काठमाण्डौं । असोज १० । तारकेश्वर नगरपालिका क्षेत्र भित्र भोली देखि बजार अनुगमन सुरु हुने भएको छ ।
तारकेश्वर नगरपालिकाको बजार अनुगमन टोलीको आज नगरपालिकाको कार्यालय धर्मस्थलीमा बसेको बैठकले भोली देखि चाडबाड लक्षीत बजार अनुगमन गर्ने निर्णय गरेको हो । चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले बजारलाई व्यवस्थीत गर्नका लागि अनुगमन गर्न लागिएको नगरपालिकाको राजश्व शाखाका प्रमुख एवं सुचना अधिकारी सागर अर्यालले बताउनुभयो ।
अनुगमनमा उपभोक्ता अधिकारकर्मी, नेपाल प्रहरीका प्रतिनिधि, नगर प्रहरी, तारकेश्वर नगरपालिकाका बिभिन्न सरोकारवाला शाखाका प्रतिनिधि सहितको टोली रहने छन ।
अनुगमन टोलीका संयोजक एवं तारकेश्वर नगरपालिकाका अधिकृत भुपेन्द्र सिंह बडालले बजार अनुगमन व्यवसायीहरूलाई आतंक फैलाउने र तत्काल जरिवाना गरेर तर्साउने उद्देश्यले शुरु नभएको बताँउदै चाडबाडमा मौका छोपी बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु विक्री वितरण नगरी उपोभोक्ता ठग्ने व्यापारीलाई मात्र अनुगमनको क्रममा कारवाहीको दायरामा ल्याउने बताउनुभयो ।
उपभोक्ता अधिकारकर्मी एवं अनुगमन टोलीका सदस्य तिर्थ महर्जनले अनुगमनको क्रममा अखाद्य बस्तु तथा म्यादगुज्रीएका सामानहरु भेटीएमा जफत गरिने बताउनुभयो । महर्जनले जफल गरिएका सामानहरु अनुगमन टोलीले मुचुल्का गरेर नगरपालिकामा राख्ने र अनुगमन सम्पन्न भएपछि जफत गरिएका सामानका धनीहरु तथा सञ्चारमाध्यमहरुको रोहबरमा नष्ट गरिने बताउनुभयो ।
चाडबाडको समयमा तारकेश्वर नगरपालिका क्षेत्र भित्रका बजारलाई व्यवस्थीत बनाउन नगरप्रमुख कृष्ण हरि महर्जन र उपप्रमुख सृजना बुर्लाकोटी अर्यालको निर्देशनमा अनुगमन टोली परिचालन गरिएको हो ।



fgfg


प्रतिक्रिया दिनुहोस्