सप्तकोसी नदीको कोशी ब्यारेजमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेजको पुल माथिबाट पानी बग्न थालेको छ । ब्यारेजको ३८, ३९ र ४० नम्बर ढोका नजिक पुलमाथिबाट पानी बग्न थालेको हो । पछिल्लो मापनअनुसार कोसी ब्यारेज भएर ५ लाख ४१ हजार क्युसेक पानीको बहाव भइरहेको छ । ब्यारेजको ५६ वटै ढोका खोलिएको छ । ब्यारेज पुलमा सवारी साधन आवागमनमा रोक लगाइएको छ ।
कोशी ब्यारेजमा पुल माथिबाट पानी बग्न थाल्यो,पुलमा सवारी साधन आवागमनमा रोक


प्रतिक्रिया दिनुहोस्